दिपबहादुर शाही बुधबार, जेठ १२, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

अविरल वर्षाले गोठ भत्किदा ११ वटा खसी मरेका छन् । जेठ ५ गते देखि १० गते सम्म लगातार परेको अविरल वर्षाले भेडा बाख्रा राख्ने गोठ भत्किए पछि ११ वटा भेडा बाख्रा मरेको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका छन् ।

जैसीका अनुसार जेठ नौ गते राति हुम्ला जिल्ला सर्केगाड गाउँ पालिका वडा नं ७ भिमनगर वस्ने रत्न छत्यालका ११ वटा खसि च्यापिएर मरेको बताएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ७ को सिमाली भन्ने खर्कको चौरमा बनाइएको गोठमा राखिएका भेडाहरु उक्त गोठ रातिको समयमा भत्कदा मरेका हुन ।

जसको प्रहरी मुचुल्का समेत भइ सकेको छ । मरेका प्रति भेडाको २० हजारका दरले १ लाख २० हजार बराबरको भेडा मरेको र गोठ पनि पुर्ण रुपमा भत्किदा करिव २ लाख बराबरको क्षेती भएको संवाददाता जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९