राज शाही शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा कोरोनाको संक्रमण वढ्दै गए पछि १ सय जना भरिया वेरोजगार बनेका छन् । हुम्ला जिल्लामा शनिवार सम्म ९८ जना कोरोना संक्रमित देखिएका छन् । जिल्लामा कोरोना संक्रमण वढ्न थालेपछि नेपाल सरकारले अनुदानमा दिइदै आएको ढुवानीको खाद्यन्न यस अघि भरियाले बोक्दै आएकोमा हाल ट्रयाक्टरले बोक्न थाले पछि चामल बोकी आफ्नो रोजी रोटी गरि रहेका भरियाहरु वेरोज्गार भएको बाँच सुनारले बताउकी छन् ।

कोरोना संक्रमण बढेको कारण १ सय जना सिमकोट बिमानस्थलका महिला भरिया बेरोजगार बनेका छन् । जिल्ला भरि कोरोना बढेपछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको कारण हवाई मार्गबाट ढुवानी भएको खाद्यान्न लगाएत सामाग्री बिमानस्थलबाट ढुवानी गर्न नपाएपछि महिला भरिया बेरोजगार बन्नु परेको हो । बिगत लामो समयदेखि सिमकोट बिमान स्थलमा भरियाको काम गर्दै आउनु भएकी बाँच सुनारले कोरोनाको कारण दुई हप्तादेखि बेरोजगार बनेको बताईन ।

निषेधाज्ञा जारी रहेको कारण घर बाहिर निस्कन नपाईने भएको कारण नेपालगंज र सुर्खेतदेखि हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यान्न लगाएत काग्रोको सामाग्री बोक्न नपाएपछि बेरोजगार भएर बस्नु परेको उनले चित्त दुखाईन । बिमानस्थलकै भारी बोकेर चार जनाको परिवार पाल्दै आएकी सुनारले कोरोनाको कारण बेरोजगार बन्नु परेकोमा दुख व्यक्त गरिन ।

बिमानस्थलबाट बिहानबाट बेलुकासम्म भारी बोक्न पाए एक जना भरियाले तीन हजारसम्म कमाई गर्छन । तर अहिले सो भारी निषेधाज्ञाको कारण बोक्न नपाएपछि बिहान बेलुकाको छाक टार्न पनि समस्या हुन थालेको भरियाको भनाई छ । बिमानस्थल कै भारी बोक्न काम गर्दै आएकी लामु सेर्पाले सबै काम गरि रहेको बेला निषेधाज्ञाले भारी बोक्ने काम गर्न नपाएपछि कमाई हुन छोडेको बताईन ।

गतवर्ष कोरोना संङ्क्रमणको समयमा भारी बोक्न बन्द भएपनि पछि महिला भरियाको अनुरोधमा काम गर्न दिएको बताउदै आफुहरु सामाजिक दुरी कायम गर्न तयार भएकोले भारी बोक्ने ब्यवस्था गर्न स्थानीय प्रशासनलाई उनको आग्रह छ । आफुहरु जस्तै एक सय जना महिलाहरु कोरोनाको कारण निषेधाज्ञा जारी रहेपछि बेरोजगार बन्नु परेको उनले बताईन ।

भरियालाई भारी बोक्न दिदा भिडभाड बढ्नै भन्दै स्थानीय प्रशासनले बिमानस्थलको खाद्यान्न लगाउतका सामाग्री ट्याक्टरबाट ढुवानी गर्ने गरिएको कारण महिला भरिया बेरोजगार बनेका हुन । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई मार्गबाट ढुवानी भएर आएको खाद्यान्न तथा अन्य सामाग्री बिमानस्थलबाट ढुवानी गर्ने काम आम्दानीको राम्रो श्रोत भएपछि महिला भरियाहरु यसप्रति आर्कषित हुँदै आएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९