राज शाही शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

खार्पुनाथ   गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा कोरोना संङ्क्रमित भएर आईसोलेशन वार्डमा भर्ना भएका बिरामीको लागि उपचारका किटको व्ववस्था गरिएको छ । सङ्क्रमित बिरामीका लागि रोग प्रतिरोधात्मक क्षेमता बढाउन र व्यक्तिगत सुरक्षाका लागि सामाग्री सहितको किटको व्यवस्था गरिएको हो । कोरोना परिक्षणका लागि एन्टिजीन किटबाट नमूना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भएपनि भोली संभाबित हुन सक्ने बिरामीलाई मध्यनजर राखि किटको व्यवस्था  गरिएको खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिएका छन्  ।

यसको व्यवस्था र प्रयोग गर्ने बिधिले बिरामीलाई रोग प्रतिरोधात्मक क्षेमता बढाउन र व्यक्तिगत सुरक्षाका लागि सामाग्री सहितको किटको व्यवस्था सहयोग मिल्ने उनले बताएका छन । किटमा कोरोना संङ्क्रमण बिरुद्धका दश वटा सामाग्री व्यवस्था गरिएको छ ।

जसमा मास्क १४ वटा, स्यानिटाईजर, डिजिटल थर्मोमिटर, जिंक दश ट्याव्लेट, भिटामिन बि कम्प्लेक्स १२ ट्याव्लेट, क्याल्सिम तथा भिटामिन डि, भिटामिन सि, प्यारा सिटामोल, सिट्रिजन ट्याव्लेट र हात धुन सावुनको किटमा व्यवस्था गरिएको छ ।

किटमै संङ्क्रमित बिरामीले त्यसको प्रयोग गर्ने बिधि पनि खुलाईएको पत्र राखिएको उनले बताएका छन। यी किटहरु आइसोलेशनमा रहेका बिरामीको अबस्था हेरि प्रयोग गरिने पनि उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९