राज शाही बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

विहिबार सम्म हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । जिल्लामा कुल कोरोना चेक जाँच गरीएका ६ सय २८ जना मध्य ९६ जनामा कोरोना पोजेटिप देखिएको जिल्ला अस्पतालका कोभिड फोकल प्रर्सन भक्ती फडेराले बताएका छन् ।

जसमा चंखेली गाउँ पालिकामा विहिवार सम्म २५ जना, ताँजाकोट गाउँ पालिकामा २९ जना, सर्केगाड गाउँ पालिकामा १४ जना, अदानचुली गाउँ पालिकामा ७ जना,  सिमकोट गाउँ पालिकाले चेकजाँच गर्दा १ जना र जिल्ला अस्पताल हुम्लाले चेक जाँच गर्दा २० जना गरी जम्मा कोरोना संक्रमितको संख्या ९६ जना पुगेका छन ।

जम्मा १८ जना कोरोना जितेर घर फर्केका छन् । यस अघि ११ जना कोरोना संक्रमित निको भएर घर फर्केकोमा विहिवार ताँजाकोट आइसोलेसनमा रहेका ४ जना र सिमकोट आइसोलेसनमा रहेका ३ जना गरी जम्मा ७ जनाले कोरोना जितेर घर फर्केको जिल्ला अस्पताल कोभिड फोकल पर्सन फडेराले बताएका छन् ।

अव जिल्लाका आइसोलेसनमा ७७ जना रहेका छन् एक जनाको स्वास प्रस्वासमा अलि वढी समस्या भए पछी हेलिकप्टर चाटर गरी कर्णाली विधि विज्ञान प्रयोग साला जुम्ला रिफर गरिएको थियो। निजको स्वास्थ्यमा पनि सुधार आइरहेको निजका आफन्त धनबहादुर कार्कीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट
कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि
करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९