राज शाही मंगलबार, जेठ ०४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

खार्पुनाथ गाउँ पालिकामा आजबाट कोरोना चेक जाँच कार्य सुरु भएको छ । हिमाली जिल्ला हुम्लामा दिन प्रतिदिन कोरोनाका संक्रमित वढ्दै गए पछी जिल्लाका ६ वटा गाउँ पालिकामा कोरोना चेक जाँचलाई तिव्रता दिइएको छ । जिल्ला अस्पताल हुम्लाले एन्टिजिन किट सहयोग गरेपछी आजबाट उक्त गाउँ पालिकामा कोरोना चेक जाँच गरेको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिकामा मंगलबार २ जनाको कोरोना चेक जाँच गर्दा दुवै जनाको रिपोट नेगेटिभ देखिएको छ । त्यसै गरी उक्त गाउँ पालिकामा अग्र पंङतीमा खटिने कर्मचारी, सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र संक्रमितको आसंका लगेका व्यक्तीहरुले चेकजाँच कार्यलाई निरन्तरता दिने सोही गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले बताएका छन् ।

त्यसै गरी सोही गाउँ पालिकामा बाहिरबाट भित्रिने मानिसलाई अनिवार्य १० दिन क्वारेन्टीनमा वस्ने समेतको जानकारी गराएको छ । आ आफ्नो जिउ ज्यानको सुरक्षाका लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी मास्क लगाउन, सामाजिक दुरी कायम गर्ने कार्यलाई अनिवार्य गरेको सोही गाउँ पालिका स्वास्थ्य संयोजक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट
कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि
करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९