राज शाही शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाको दक्षिण क्षेत्रको सर्केगाड गाउँ पालिकामा कोरोना परिक्षण गरिएको छ । सुक्रबार परिक्षण गरिएको कोरोना चेकजाँचमा पहिलो दिन १५ जनाको चेक जाँच गर्दा ४ जनामा कोरोना पोजेटीभ देखिएको छ ।

ताँजाकोट गाउँ पालिकामा बुधबार चेक जाँच गर्दा ८ जना र विहिबार ३० जनाको चेकजाँच गर्दा ११ जनामा गरी १९ जनामा कोरोना पोजेटिभ देखिएको ताँजाकोट गाउँ पालिका अध्यक्ष बागदल मल्लले बताएका छन् ।

त्यसै गरी विहिवार हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा चेक जाँच गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने आज सुक्रबार ८ जनालाई कोरोना चेकजाँच गर्दा कोही पनि पोजेटिभ देखिएका छैन ।

सर्केगाड गाउँ पालिकाले आफ्नै आर्थिक सहयोगमा एन्टिजन किट खरिद गरी आज १५ जनाको कोरोना चेक जाँच गर्दा ४ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रेमबहादुर सिहले बताएका छन् ।

त्यसै गरी जिल्ला सदरमुकाम सिमकोटमा यस अघि कोरोना चेक जाँच गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने विहिवार २ जना थप भइ १९ जना पुगेका छन् । जसमा ८ जना आइसोलेसनमा बसी कोरोना सम्बन्धी कुनै लक्षण नदेखिए पछी बैशाख २९ गते घर फर्केका छन् ।

अव हुम्ला जिल्लामा आइसोलेसनमा ४२ जना रहेका छन् ।  १९ जना ताँजाकोट गाउँ पालिकाको आइसोलेसन, ११ जना सदरमुकाम सिमकोटको आइसोलेसनमा र सर्केगाड गाउँ पालिकाको आइसोलेसनमा ४ जना  रहेका छन् । अव जिल्लामा कुल कोरोना संक्रमितको संख्या ४२ जना पुगेको छ । जसमा ८ जना निको भएर घर फर्केका छन् ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९