राज शाही मंगलबार, बैशाख २८, २०७८ मा प्रकाशित

सोमबार जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको वैठक बसेको छ । उक्त बैठकले बैशाख २८ गते राति १२ वजे देखि जेठ ४ गते राति १२ वजे सम्मका लागी केही खुकुलो गर्दै लगडाउन गर्ने निर्णय गरेको छ ।

जसमा जिल्लामा स्थापना भएका वैंकहरु विहान १० वजे देखि दिनको २ वजे सम्म खुल्ला गर्ने, स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु, जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दुध, ग्याँस आदि) का पसल बिहान ७:०० बजेदेखि १०:०० बजेसम्म मात्र संचालन गर्न पाइने छन् ।

बिरामी बोकेको तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनहरू ,   खाद्यान्न बोकेका सवारी साधनहरू, अनुमति लिएका निर्माण सामग्री बोकेका सवारी साधनहरू, सरकारी तथा सार्वजनिक कार्यालयहरूले २५% सम्म कर्मचारी प्रयोग गरी स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्डहरू अवलम्बन गरेर आवश्यक सेवा संचालन गर्न सक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राइले बताए ।

आदेश लागू हुँदाका बखत सिमा नाकाबाट जिल्ला प्रवेश गरी गन्तव्य स्थानमा पुगि नसकेका व्यक्तिहरू सम्बन्धित सुरक्षा निकाय वा पालिकाको समन्वयमा गन्तव्य स्थानमा पुग्न सक्ने गरी आजको जिल्ला कोभिण्ड संकट व्यवस्थापन समितिको बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले  बताएका छन् ।।

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड –१९ को महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा हुम्ला जिल्लामा समेत संक्रमण बढ्दो क्रममा रहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले उक्त सिफारीस गरेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताएका छन्

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९