राज शाही सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत बैशाख १९ गते नेपालगन्ज सुर्खेतबाट आएका ३८ जनाको कोरोना चेकजाँच गर्दा हुम्ला जिल्ला सदरमुकाम सिमकोट विमान स्थलमा ८ जनामा कोरोना पोजेटिप देखिएको थियो ।

हुम्ला जिल्लामा बैशाख २१ गते देखि लकडान तथा वन्दा वन्दी भएकै समयमा थप ७ जनामा कोरोना पोजेटिप देखिएको छ । यसै विच बैशाख २३ गते वेलुका १ जना महिला, बैशाख २४ गते २ जना पुरुष, बैशाख २६ गते १ जना पुरुष र बैशाख २७ गते ३ जना मध्य २ जना पुरुष र १ जना महिला गरी    जम्मा ७ जनामा थप कोरोना पोजेटिभ देखिएको हो  ।

हुम्ला जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबार हुम्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएको बिहिबार साँझ एक स्थानिय किशोरीमा संक्रमण पुष्टी भएपछि कन्ट्रायक टेसिङका आधारमा गरिएको परिक्षणमा शुक्रबार दुई जनामा संक्रमण पुष्टी भएको थियो ।

त्यसै गरी आज बैशाख २७ गते ३ जनामा कोरोना पोजेटिप देखिएको छ । जसमा जिल्ला मालपोत कार्यालयमा बस्ने सर्केगाड गाउँपालिकाका स्थानियबासी १ जना महिला र सिमकोट तल्लो बजारमा रहेको लामा खाजा घरमा बस्ने ताजाकोट र अदानचुली गाउँपालिकाका १।१ जना स्थानियबासीमा कोरोना संक्रमित भएको समेत अधिकारी फडेराले बताए । सोमबारनै लामाखाजा घर र जिल्ला मालपोत कार्यालय सिल गरिएको समेत अधिकारी फडेराले जानकारी दिए ।

अव हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या जम्मा १५ जना पुगेको छ । जसमा ३ जना महिला र १३ जना महिला रहेका छन । निजहरु सबै जना रानीवन क्वारेन्टिनमा राखिएको छ । निजहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९