राज शाही सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत बैशाख १९ गते नेपालगन्ज सुर्खेतबाट आएका ३८ जनाको कोरोना चेकजाँच गर्दा हुम्ला जिल्ला सदरमुकाम सिमकोट विमान स्थलमा ८ जनामा कोरोना पोजेटिप देखिएको थियो ।

हुम्ला जिल्लामा बैशाख २१ गते देखि लकडान तथा वन्दा वन्दी भएकै समयमा थप ७ जनामा कोरोना पोजेटिप देखिएको छ । यसै विच बैशाख २३ गते वेलुका १ जना महिला, बैशाख २४ गते २ जना पुरुष, बैशाख २६ गते १ जना पुरुष र बैशाख २७ गते ३ जना मध्य २ जना पुरुष र १ जना महिला गरी    जम्मा ७ जनामा थप कोरोना पोजेटिभ देखिएको हो  ।

हुम्ला जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबार हुम्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गएको बिहिबार साँझ एक स्थानिय किशोरीमा संक्रमण पुष्टी भएपछि कन्ट्रायक टेसिङका आधारमा गरिएको परिक्षणमा शुक्रबार दुई जनामा संक्रमण पुष्टी भएको थियो ।

त्यसै गरी आज बैशाख २७ गते ३ जनामा कोरोना पोजेटिप देखिएको छ । जसमा जिल्ला मालपोत कार्यालयमा बस्ने सर्केगाड गाउँपालिकाका स्थानियबासी १ जना महिला र सिमकोट तल्लो बजारमा रहेको लामा खाजा घरमा बस्ने ताजाकोट र अदानचुली गाउँपालिकाका १।१ जना स्थानियबासीमा कोरोना संक्रमित भएको समेत अधिकारी फडेराले बताए । सोमबारनै लामाखाजा घर र जिल्ला मालपोत कार्यालय सिल गरिएको समेत अधिकारी फडेराले जानकारी दिए ।

अव हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या जम्मा १५ जना पुगेको छ । जसमा ३ जना महिला र १३ जना महिला रहेका छन । निजहरु सबै जना रानीवन क्वारेन्टिनमा राखिएको छ । निजहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९