राज शाही बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

यो मौसममा नेपालगंज, सुर्खेत र हुम्ला विमानस्थलमा कैलाश मानसरोवर जाने तिर्थयात्रीका कारणले निकै चहलपहल हुने गथ्र्यो । तर, गत आर्थिक वर्षबाट कोरोना भाइरसका कारणले भएको लकडाउनले अहिले सुनसान जस्तै बनेको छ ।

हुम्लाको सिमकोट हुँदै चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको कैलाश–मानसरोवर दर्शन गर्न भारतीय तीर्थयात्री घुइँचो लाग्ने गरेको थियो । मानसरोवर कैलाश दर्शन गर्न जाने मुख्य बाटो हुम्लाको नाम्खागाउँपालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठ महिनादेखि भारतीय नागरिकलगायत अन्य देशका नागरिक हुम्लाको सिमकोट हुँदै मानसरोवर कैलासको दर्शन गर्न जाने गरेका थिए ।हुम्लाका तिर्थयात्रा जाने पर्यटक यो मौसममा चहलपहल निकै हुने गरेको थियो ।

‘यो मौसममा कैलाश मानसरोवर जाने तिर्थयात्रीहरुले होटेल बुकिङ्ग केही पर्यटक आइसक्थे ।’कैलाश मानसरोर जाने अंधिकास हिन्दु र बौद्ध धर्मावालम्बी हुने गरेका, ती पनि भारतीय बढी आउने गरेको अहिलेको लकडाउनका कारणले तिर्थयात्रा जाने मान्छे नै नहुने अवस्था आएको छ ।

‘होटेल व्यवसाय चौपट भएका छन ।’,‘लकडाउनले अर्थतन्त्र पनि चौपट भएको छ ।’कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकले करिब २४ दिनको तिर्थयात्रामा १ लाख १५ हजार भारतीय रुपैयाँ खर्च गर्ने गरेको भारतीय गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । कैलाश मानसरोवर जाने भारतीय तिर्थयात्रीहरुले नेपालको नेपालगंज हुँदै हुम्ला र दार्चुलाको लिपुलेख र भारत सिक्किम नाथुला क्षेत्रबाट जाने गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९