राज शाही बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित

पानीको व्यवस्था नहुदा क्वारेन्टिनमा वसेकाहरुलाई सरसफाइ तथा सौच गर्न समस्या भएको छ । हिमाली जिल्ला हुम्लामा नेपालगन्ज सुर्खेतबाट आएका ८ जना व्यक्तीलाई कोरोना पोजेटिभ देखिए पछी हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको रानीवनमा रहेको क्वारेन्टिनमा राखिएको छ ।

उक्त क्वारेन्टिनमा प्राप्त पानी नहुदा सौचालय तथा लगाएको लुगा धुन र सरसफाइ गर्न समस्या भएको त्यहाँ रहेकी एक जना महिलाले बताएकी छन् । त्यसै गरी आफु सहित ३ जना विद्यार्थी रहेको र आफ्नो अनलाईन कक्षा संचालन भईरहेकाले नेट नहुदा पठन पाठनमा समस्या आएको ति महिलाले  वताएकी छन् ।

हाल उक्त क्वारेन्टिनमा ८ जना रहेको ८ जना मध्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि एक जनाको अलि वढि छाती दुखेको भन्ने सम्मको खवर प्राप्त भएको छ । उक्त क्वारेन्टिनमा वसेकाहरुलाई स्वास्थ्यकर्मीले नियमित चेक जाँच गरी स्वास्थ्य उपचार गरी रहेको पनि खवर प्राप्त भएको हो ।

खानेपानीको जडान उक्त क्वारेन्टीनमा गरिएको भए पनि पानी नआउदा त्यहाँ रहेका पानीका ट्रयाङकी नभरिएकाले पानीको समस्या आएको वुझिएको छ  ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९