राज शाही मंगलबार, बैशाख २१, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

एक हप्तायता हवाई मार्गबाट हुम्ला भित्रिएका तीन सय भन्दा बढी यात्रुहरुको कोरोना संक्रमणको ट्रेसिङ सुरु भएको छ । सोमवार सुर्खेत र नेपालगंजबाट हवाई जहाजमा आएका यात्रु. मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला भित्रिएका यात्रु सबैको ट्रेसिङ सुरु भएको हो ।

पछिल्लो समय नेपालगंज र सुर्खेतबाट जिल्ला भित्रिएका हवाई यात्रुहरुको ट्रेसिङ कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । टेसिङ कार्य सुरु भएको र अब सबै यात्रु गरेर जिल्लामा कोरोना सक्रमणको अबस्था बारे जानकारी हुने उनले बताए । एण्टिजीन किटबाट सोमवार ३८ जनाको कोरोना परिक्षण गरिएकोमा आठ जनामा कोरोना संक्रमण देखिएको थियो । सोमवार अगाडी जिल्ला भित्रिएकाहरुको यसरी कोरोना परिक्षण गरिएको थियो ।

गत बैशाख १५ गतेयता हवाई मार्गबाट सुर्खेत र नेपालगंजदेखि हुम्ला भित्रिएका ३३६ जना मध्य मंगलवारसम्म एक सय जनाको ट्रेसिङ कार्य भएको र दुई दिनमा सबै जनाको गरि सक्ने तयारीका साथ काम भएको उनले बताए । हालसम्म टेसिङ गरिएका सबैको स्वास्थ्य अबस्था राम्रो रहेको सम्पर्क गर्न क्रममा जानकारी आएको उनले बताए ।

जिल्ला भित्रिएका मध्य केहीसंग भने सम्पर्क हुन सकेको छैन् । यसरी हुम्ला भित्रिएका नागरिकहरु नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाका रहेका छन् ।

जिल्लाका ७ वटै गाउँ पालिकाका वस्तीमा उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांकमा बैशाख २० गते सोमबार सम्म हवाइ मार्गबाट २ सय ७१ र ६ सय २२ जना पैदल मार्गबाट हुम्ला जिल्ला भित्रीयको प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले बताएका छन्

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९