राज शाही मंगलबार, बैशाख २१, २०७८ मा प्रकाशित

हुम्ला

एक हप्तायता हवाई मार्गबाट हुम्ला भित्रिएका तीन सय भन्दा बढी यात्रुहरुको कोरोना संक्रमणको ट्रेसिङ सुरु भएको छ । सोमवार सुर्खेत र नेपालगंजबाट हवाई जहाजमा आएका यात्रु. मध्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला भित्रिएका यात्रु सबैको ट्रेसिङ सुरु भएको हो ।

पछिल्लो समय नेपालगंज र सुर्खेतबाट जिल्ला भित्रिएका हवाई यात्रुहरुको ट्रेसिङ कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । टेसिङ कार्य सुरु भएको र अब सबै यात्रु गरेर जिल्लामा कोरोना सक्रमणको अबस्था बारे जानकारी हुने उनले बताए । एण्टिजीन किटबाट सोमवार ३८ जनाको कोरोना परिक्षण गरिएकोमा आठ जनामा कोरोना संक्रमण देखिएको थियो । सोमवार अगाडी जिल्ला भित्रिएकाहरुको यसरी कोरोना परिक्षण गरिएको थियो ।

गत बैशाख १५ गतेयता हवाई मार्गबाट सुर्खेत र नेपालगंजदेखि हुम्ला भित्रिएका ३३६ जना मध्य मंगलवारसम्म एक सय जनाको ट्रेसिङ कार्य भएको र दुई दिनमा सबै जनाको गरि सक्ने तयारीका साथ काम भएको उनले बताए । हालसम्म टेसिङ गरिएका सबैको स्वास्थ्य अबस्था राम्रो रहेको सम्पर्क गर्न क्रममा जानकारी आएको उनले बताए ।

जिल्ला भित्रिएका मध्य केहीसंग भने सम्पर्क हुन सकेको छैन् । यसरी हुम्ला भित्रिएका नागरिकहरु नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाका रहेका छन् ।

जिल्लाका ७ वटै गाउँ पालिकाका वस्तीमा उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांकमा बैशाख २० गते सोमबार सम्म हवाइ मार्गबाट २ सय ७१ र ६ सय २२ जना पैदल मार्गबाट हुम्ला जिल्ला भित्रीयको प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले बताएका छन्

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९