राज शाही सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित

हुम्ला जिल्ला एक हप्ताका लागि शिल हुने भएको छ । सोमबार नेपालगंज सुर्खेतबाट जिल्ला जित्रिएका हवाई यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि संभावित जोखिम कम गर्नका स्थानीय प्रशासनले जिल्लालाई शिल गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अहिले बेलुका एक आदेश जारी गर्दै वैशाख २१ गते राती १२ बजेवाट वैशाख २८ गते राती १२ बजेसम्म जिल्लालाई शिल गरिएको  बताएका छन ।

यो अबधिमा हवाई यातायात समेत बन्द रहने भएको छन्। त्यो संगै जिल्लाका दक्षिणी क्षेत्रका कवाडी, बालुकुना र चंखेली नाका समेतबाट सिल गरिएको छ । उक्त अबधिमा मानिसको आउजाउ समेत बन्द हुने आदेशमा उल्लेख गरिएको छ । यो शिलको अबधिमा निम्न सेवा मात्र गर्न पाईने छ । यसरी शिलको अवधिमा गर्न पाईने कुरामा स्वास्थ्य, शान्ति सुरक्षा, सुचना रञ्चार, खोनेपानी, फोहोर मैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, खाद्य तथा दुग्ध पदार्थ , औषधी पसल, बैंकको एटिए सेवा रहेका छन् ।

त्यसै गरि जनस्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गरि  दैनिक उपभोग्य बस्तु – तरकारी, खाद्य, दुध, ग्याँस ) पसलहरु बिहान सात वजेदेखि १० वजेसम्म सञ्चालन गर्न पाईने छन् । यो अवधिमा सञ्चालन गर्न पाईने सेवा तथा साधनहरुमा बिरामी तथा सुरक्षाकर्मी बोकेको सवारी साधन मात्र सञ्चालनमा आउनेछन् ।  साथै आदेशमा यो लागु हुँदाको बखत सिमा नाकाबाट जिल्ला प्रबेश गरि  गन्तव्य स्थानमा पुगि नसकेका नागरिकहरुका लागि भने सम्वन्धित सुरक्षा निकाय र गाउँपालिकाको समन्वयमा गन्तव्यसम्म पुग्न सकिने उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९