राज शाही बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित

हुम्ला

हुम्ला जिल्लाका डिएसपी हेरम्भ शर्माले प्रहरी संगठन भित्र काम गर्ने जवान देखि अधिकृत सम्मका दर्जाले मानव अधिकारको सम्मान गर्न नसके समस्यामा पर्न सक्ने बताएका छन् । कोरोना कहरका बेला प्रहरीहरुलाई मानव अधिकारी सम्बन्धि अनुशिक्षण कार्यक्रममा डिएसपी शर्माले सो कुरा बताएका हुन ।

कोरोना कहर चली रहेका बेला नेपाल प्रहरीका जवान देखि अधिृकतहरुलाई मानवअधिकार सम्वन्धि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु आबश्यक देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सबै प्रकारका प्रकोपका बेला मानव अधिकारको सम्मान गरोस भन्नका लागि यो अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रहरीमा मानव अधिकारको सम्मान  गर्ने बाताबरण तयारीका लागि सिपाही देखि अधिकृतसम्मका दर्जालाई मानव अधिकारी अनुशिक्षण गरिएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए । कार्यक्रमको सहजकर्ता समेत रहेका प्रनाउ शर्माले  प्रहरीले आफुले सेवाग्राहीका लागि सम्पादन गर्ने सेवामा मानव अधिकारको सम्मान गर्न नसके भोली समस्यामा पर्न सक्ने समेत उनले बताए ।

उनले प्रहरीले दैनिक कार्य सम्पादनका क्रममा हुने मानव अधिकार हननका कुरामा सहभागीलाई जानकारी गराएका थिए । प्रहरीलाई सबैको भरोसा योग्य संस्था हो भन्ने मान्याता स्थािपत गर्नका लागि पनि मानव अधिकारको सम्मान गर्नु आबश्यक रहेको उनले बताए । सामाजिक दुरी कायम गरि संञ्चालन भएको कार्यक्रममा प्रहरी मानव अधिकार आरोपबाट जोगिन सबै तयार रहनु पर्ने जानकारी गराएका थिए ।

उनले आफ्नो सहजिकरणमा प्रहरीले के के गर्दा मानव अधिकार हनन हुन्छ भन्ने विषयमा पनि सहजिकरण गरेका थिए ।  कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गरेका थिए भने कार्यक्रम सशस्त्र प्रहरी डिएसपी गेहेन्द्र भण्डारी र अनुसन्धानका डिएसपी सन्जिव चौधरीको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९