राज शाही बुधबार, बैशाख १५, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लाका डिएसपी हेरम्भ शर्माले प्रहरी संगठन भित्र काम गर्ने जवान देखि अधिकृत सम्मका दर्जाले मानव अधिकारको सम्मान गर्न नसके समस्यामा पर्न सक्ने बताएका छन् । कोरोना कहरका बेला प्रहरीहरुलाई मानव अधिकारी सम्बन्धि अनुशिक्षण कार्यक्रममा डिएसपी शर्माले सो कुरा बताएका हुन ।

कोरोना कहर चली रहेका बेला नेपाल प्रहरीका जवान देखि अधिृकतहरुलाई मानवअधिकार सम्वन्धि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु आबश्यक देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सबै प्रकारका प्रकोपका बेला मानव अधिकारको सम्मान गरोस भन्नका लागि यो अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रहरीमा मानव अधिकारको सम्मान  गर्ने बाताबरण तयारीका लागि सिपाही देखि अधिकृतसम्मका दर्जालाई मानव अधिकारी अनुशिक्षण गरिएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए । कार्यक्रमको सहजकर्ता समेत रहेका प्रनाउ शर्माले  प्रहरीले आफुले सेवाग्राहीका लागि सम्पादन गर्ने सेवामा मानव अधिकारको सम्मान गर्न नसके भोली समस्यामा पर्न सक्ने समेत उनले बताए ।

उनले प्रहरीले दैनिक कार्य सम्पादनका क्रममा हुने मानव अधिकार हननका कुरामा सहभागीलाई जानकारी गराएका थिए । प्रहरीलाई सबैको भरोसा योग्य संस्था हो भन्ने मान्याता स्थािपत गर्नका लागि पनि मानव अधिकारको सम्मान गर्नु आबश्यक रहेको उनले बताए । सामाजिक दुरी कायम गरि संञ्चालन भएको कार्यक्रममा प्रहरी मानव अधिकार आरोपबाट जोगिन सबै तयार रहनु पर्ने जानकारी गराएका थिए ।

उनले आफ्नो सहजिकरणमा प्रहरीले के के गर्दा मानव अधिकार हनन हुन्छ भन्ने विषयमा पनि सहजिकरण गरेका थिए ।  कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले गरेका थिए भने कार्यक्रम सशस्त्र प्रहरी डिएसपी गेहेन्द्र भण्डारी र अनुसन्धानका डिएसपी सन्जिव चौधरीको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९