राज शाही शनिबार, बैशाख ११, २०७८ मा प्रकाशित

उत्तरी हुम्लामा दुई फिटसम्म हिउँ जम्न थालेको छ। बुधबार बिहान एक बजेबाट सुरु भएको हिमपात पर्नेक्रम जारी छ।  पानी पर्दा चिसो बढ्दै गएपछि वैशाखमा हिमपात भएको हो।

नाम्खा गाउँपालिकको अधिकांश क्षेत्र, सिमकोट र खार्पुनाथ गाउँपालिकाका केही क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीय सुनाम लामाले जानकारी दिए। वैशाखमा विरलै पर्ने हिउँ यस वर्ष धेरै परेको उनले बताए।  हिमपात जारी रहेका कारण उत्तरी हुम्ला पुस, माघ महिनाको जस्तो सेताम्मे देखिन थालेको उनले बताए।विशेष गरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिमपात भएको छ।हिल्सा आउजाउ गर्ने बाटो भएको छ।

मंगलबार मात्र चार हजार ६ सय मिटर अग्लो नारा लेकमा मानिस आउजाउ गरेका थिए। सदरमुकाम सिमकोटभन्दा तल भने वर्षा भएको छ ।तर, तापक्रम भने एक्कासि बढेको स्थानीयले बताएका छन्। सिमकोटमा तापक्रम माइनस रहेको र हिल्सामा भने माइनस ४ डिग्री पुगेको हिल्साका व्यापारी पाल्जोर लामाले जानकारी दिए।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९