राज शाही शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित

हुम्ला

अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले  तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन ।

ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, छतका दाँतीहरु फालेर त्यहाँ राखिएका अन्य सामाग्रीहरु समेत तोडफोड गरिएको मेनेजर थापाले जानकारी दिएका छन । उनका अनुसार रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै कर्मचारीहरु बाहिर रहेको अबस्थामा ईन्टरनेट नखोलेको भन्दै तोफोड गरिएको हो ।

वर्डलिंक कम्युनिकेशनले गाउँपालिका, सामुदायीक बिद्यालय, स्वाथ्य चौकीहरुमा निशुल्क ईन्टरनेट सेवा बितरण गरे पनि त्यहाँ रहेको जनता बैंक र रेडियोहरुलाई निशुल्क बितरण नगरेको थापाले बताएका छन ।

वडा कार्यालय, गाउँपालिका जस्तै निशुल्क हो, ईन्टरनेट खुला छोडनु पर्छ भन्दै तोडफेड उनले बताएका छन । घटनाको थप छानबिनका लागि रेडियो श्रीनगरले श्रीनगर प्रहरी चौकीलाई उजुरी गरे लगतै आरोपितहरुलाई सोही दिन नियन्त्रणमा लिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बुढाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९