राज शाही बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

हुम्ला

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा कार्यालयमा गाभिँदा सेवा प्रवाह गर्न समस्या, बार्षिक कार्यक्रम संचालनमा कठिनाइ, कर्मचारी व्यवस्थापनमा समस्या, आफु मातहतका शाखाहरुलाई परिचालन गर्न कठिनाई भएको हुम्ला जिल्ला अस्पताल आयुर्वेद शाखा प्रमुख कृष्णचन्द जोसीले बताएका छन् ।  जसले गर्दा नेपालको मौलिक चिकित्सालाई कर्णाली प्रदेश सरकारले धरासायी पार्ने काम भएको आयुर्वेद्ध चिकित्सकहरुले गुनासो गरेका छन् ।

हाल हुम्ला जिल्लामा ५ वटा आयुर्वेद सेवा प्रदान गर्ने संस्था रहेका छन् । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा सिमकोट,  सर्किदेउ आयुर्वेद औषधालय रिप, नागरिक आरोग्य सेवा केन्द्र नाम्खा, नागरिक आरोग्य सेवा केन्द्र खार्पुनाथ  र नागरिक आरोग्य सेवा केन्द्र अदानचुली गाउँमा रहेको जिल्ला आयुर्वेद शाखा प्रमुख जोसीले बताएका छन् ।

कर्णाली प्रदेश सरकारले मिति २०७६/५/६ गते साबिकका जिल्ला अस्पताल , जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र जिल्ला जनस्वास्थ्य कार्यालयहरु मर्ज गरेको बिरुद्ध उच्च अदालत सुर्खेतमा मुद्धा दर्ता गराएको थियो । साविकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरु कर्णाली प्रदेश सरकारले मर्ज गरेर स्वास्थ्य सेवा कार्यालयसँग गाभ्ने काम गलत भएको हुम्ला जिल्ला अस्पताल आयुर्वेद शाखा प्रमुख कृष्णचन्द जोसीले बताएका छन् ।

गाउँ गाउँ बस्तीहरुमा सेवा दिदै आएका आयुर्वेद स्वास्थ्य संस्थामा प्रदेश सरकारले कुनै पनि शिर्षकमा बजेट समेत विनियोजन नगरेको गुनासो प्राप्त भएको छ । बरु उल्टै कार्यालय मर्ज गरेर कर्मचारीलाई सास्ती दिदै आएको खवर प्राप्त भएको छ । संघ सरकारकै अनुदानमा हुम्लामा आ व ०७७।०७८ मा ३ बटा नागरिक आरोग्य सेवा केन्द्र हुम्लामा चालु आवको असोजमा स्थापना भएको र हाल संचालनमा रहेको प्रमुख जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९