राज शाही मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

हुम्ला

बाक्लो तुवालोका कारण देशभरका विद्यालय मंगलवारबाट बन्द रहे पनि उत्तरी नाम्खा गाउँपालिकाका विद्यालयमा भने पठन पाठन सुचारु रहेका छन् । तुवालो प्रदुषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सुचारु राख्ने जनाएको हो ।

सबैतिर पछिल्ला दिनमा बाक्लो तुवालो प्रभाव पारेको भन्दै चार दिनका लागि विद्यालय बन्द रहेका बेला नाम्खा गाउँपालिकाले भने विद्यालयमा पठन पाठन सुचारु राखेको गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले जानकारी दिएका छन् । तुवालोका प्रभाब खासै नदेखिए पछि पठन पाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको छ ।

पठन पाठन बन्द गर्ने प्रदुषण नभएपछि बिद्यालय बन्द नगरि पढाई सुचारु राख्न गाउँपालिकाले विद्यालयले निर्देशन दिएको थियो । नाम्खा गाउँपालिकामा एक वटा माध्यामिक र १५ वटा आधारभुत विद्यालय रहेका छन् ।

कोरोना कहरको लामो समयपछि गत फागुन १ गतेबाट गाउँपालिकाका विद्यालयमा पठन पाठन सुरु भएको थियो । यता सोही गाउँपालिकाका – ६ को लिमीका दुई वटा विद्यालयमा भने पठन पाठन कोरोना र हिउँदमा पनि जारी रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९