राज शाही सोमबार, चैत्र १६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लामा पहिलो पटक करदाता शिक्षा तीन वटा गाउँपालिकामा सुरु भएको छ । करदाता शिक्षाका बारेमा जनतालाई स्पष्ट पार्नका लागि कर कार्यालय सुर्खेतद्धारा यो अभियान सञ्चालन भएको हो । करका बारेमा सेवाग्राहीलाई स्पष्ट पार्नका लागि करदाता शिक्षा कार्यक्रम हुम्ला जिल्लाका तीन वटा गाउँपालिकामा सञ्चालन भई रहेको कर कार्यालय सुर्खेतका कर अधिकृत खड्क नन्द खत्रीले जनाएका छन् ।

सिमकोट गाउँपालिकामा यो कार्यक्रम सम्पन्न भई सकेको र सोमबार सर्केगार्ड गाउँपालिकामा सञ्चालन भएको होे । करदाता शिक्षा कार्यक्रममा करदर्ता प्रकृया, कर तीर्ने प्रकृया, जरिवाना, तिर्नु पर्ने अबधिका बारेमा छलफल भएको भएको उहाँले बताउनुभयाजानकारी प्राप्त भएको छ । कार्यक्रममा ब्यबसायी, ब्यापारी र निर्माण ब्यवसायी लगाएतको उपस्थिती रहेको छ ।

कार्यक्रममा करका बारेमा धेरै कुरा अस्पष्ट भएपछि यो सम्वन्धि कार्यक्रम सञ्चालन गर्न आबश्यक देखिएपछि उद्योग बाणिज्य संघको समन्वयमा यो कार्यक्रम सुरु भएको संघका अध्यक्ष नाम्ग्याल तामाङले जानकारी दिएका छन् । कार्यक्रममा सहभागीले कर कार्यालय हुम्लामा स्थापनाका लागि माग गर्नु भएको थियो । हाल ब्यक्तिगत र ब्यबसायी सम्बन्धि कर दर्ता कार्यबुधबार चंखेली गाउँपालिकामा यो कार्यक्रम सञ्चालन हुने अधिकृत खत्रीले बताएका हुन  ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९