राज शाही बिहिबार, चैत्र १२, २०७७ मा प्रकाशित

 

हुम्ला जिल्ला अदालतको निरिक्षण गरिएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका माननीय न्यायाधीश नाती बाबु लामीछाने   र शाखा अधिकृत लेखबहादुर कोइरालाबाट निरिक्षण गरिएको हो । हुम्ला जिल्ला अदालतमा रहेका चालु तथा अन्तिम किनारा लाकेका, मुलतवीबाट जागेका मुद्दाहरु हुम्ला जिल्ला अदालतको अवस्था, भौतीक संरचना, लगत, अशुली, फर्च्छौट लगाएत मुद्दाहरुको माननीय न्यायाधीश नेतृत्वको टोलीले निरिक्षण गर्नु भएको छ ।

हुम्ला जिल्ला अदालतमा १ सय १३ थान मुद्दा मध्य ३ थान जिल्ला प्रशासन कार्यालय हुम्लाबाट अन्तिम किनारा लागी हुम्ला जिल्ला अदालतमा पुनरावेदन दर्ता गरिएको छ । सुरु अभियोग र फिराद हुम्ला जिल्ला अदालतमा दर्ता भएका १ सय १० थान मध्य ५२ थान मुद्दा फैसला भई अन्तिम किनारा लागेका छन् ।

पुनरवेदन दर्ता भएका ३ थान र ५८ थान हुम्ला जिल्ला अदालतमा दर्ता भएका सहित ६१ थान मुद्दा चालु अवस्थामा रहेका छन् । निरिक्षणका लागी माननीय न्यायाधीश नाती बाबु लामीछाने र लेखबहादुर कोइराला चैत ८ गते विहान साढे ८ वजे नेपालगन्ज हुदै सिताएरमा सिमकोट आइ पुग्नु भएको हो ।

सिमकोट आइ पुगे संगै मुख्य न्यायाधीश लामीछानेलाई सुरक्षाकर्मीले सलामी सहित हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्य प्रहरी नायव उपरिक्षक हेरम्ब शर्मा लगाएत जिल्लाका उच्च व्यक्तीत्वहरुले भव्यरुपमा टसीखादा लागाइ स्वागत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९