राज शाही बुधबार, चैत्र ०४, २०७७ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा पशु गणना कार्य सुरु भएको छ । हुम्ला जिल्लामा ७ वटा गाउँ पालीका मध्य पशु गणना कार्य सर्वप्रथम सर्केगाड गाउँ पालिकाले सुरु गरेको हो । उक्त गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार सर्केगाड गाउँ पालिका भित्र रहेका ८ वटै वडामा रहेका पसुहरुको गणना गरिने बताएका छन् ।

जसका लागी सर्केगाड गाउँ पालिका पशु सेवा शाखाले ८ वटै वडामा पशु चिकित्सक कर्मचारी पठाएको हाम्रा सर्केगाड गाउँ पालिका संवाददाता ओमप्रसाद जैसीले बताएका छन् । चैत ३ गतेबाट गणना कार्य सुरु गरिएको छ ।

जसमा सर्केगाड गाउँ पालिका वडा नं १ जैरमा लालकेश भण्डारी र जनक रावल, वडा नं २ मा झपेन्द्र साउद वडा नं ३ मा माया फडेरा वडा नं ४ मा विरबहादुर साउथ र श्रृजना ऐडी वडा नं ५मा डवल शाही वडा नं ६ विरबहादुर साउद र हजारी शाही वडा नं ७ र वडा नं ८ मा दशरथ शाही र गंगबहादुर वुढा रहेका छन् । उनीहरुले सर्केगाड गाउँ पालिका वडा नं १ देखि ८ सम्मका घर धुरीमा गइ पशुको विवरण संकलन गर्ने गरी रहेको संवाददाता जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९