राज शाही बुधबार, चैत्र ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा पशु गणना कार्य सुरु भएको छ । हुम्ला जिल्लामा ७ वटा गाउँ पालीका मध्य पशु गणना कार्य सर्वप्रथम सर्केगाड गाउँ पालिकाले सुरु गरेको हो । उक्त गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीका अनुसार सर्केगाड गाउँ पालिका भित्र रहेका ८ वटै वडामा रहेका पसुहरुको गणना गरिने बताएका छन् ।

जसका लागी सर्केगाड गाउँ पालिका पशु सेवा शाखाले ८ वटै वडामा पशु चिकित्सक कर्मचारी पठाएको हाम्रा सर्केगाड गाउँ पालिका संवाददाता ओमप्रसाद जैसीले बताएका छन् । चैत ३ गतेबाट गणना कार्य सुरु गरिएको छ ।

जसमा सर्केगाड गाउँ पालिका वडा नं १ जैरमा लालकेश भण्डारी र जनक रावल, वडा नं २ मा झपेन्द्र साउद वडा नं ३ मा माया फडेरा वडा नं ४ मा विरबहादुर साउथ र श्रृजना ऐडी वडा नं ५मा डवल शाही वडा नं ६ विरबहादुर साउद र हजारी शाही वडा नं ७ र वडा नं ८ मा दशरथ शाही र गंगबहादुर वुढा रहेका छन् । उनीहरुले सर्केगाड गाउँ पालिका वडा नं १ देखि ८ सम्मका घर धुरीमा गइ पशुको विवरण संकलन गर्ने गरी रहेको संवाददाता जैसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९