राज शाही शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । विश्वमा महामारीका रुपमा फैलीएको कोराना भाइरस कोभिण्ड १९ का विरुद्धको खोप माननीय न्यायाधीश पौडेलले आज लगाउनु भएको हो ।

कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउदा शरीरिरलाई फाइदा हुने र कोरोना विरुद्धको भाइरस सँग लण्डन सक्ने क्षमता प्रर्दान गर्ने भएकाले उक्त खोप लगाउन कोही कसैले छुटाउन नहुने न्यायाधीश पौडेलले बताउनु भएको छ ।

न्यायाधीश पौडेल आज दिनको १ वजे जिल्ला अस्पताल हुम्लामा पुगी उक्त खोप लगाउनु भएको जिल्ला अदालतका श्रेस्तेदार मदनराज भट्टराईले बताएका छन् ।

सामान्य तया केही व्यक्तीलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, रिगटा लाग्ने लगायत समान्य लक्षण देखिए पनि त्यसले ठुलो असर नगर्ने जिल्ला अस्पताल प्रमुख प्रेम सिहले बताएका छन् ।

अहिले माननीय जिल्ला न्यायाधीश पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९