राज शाही शुक्रबार, फाल्गुण २८, २०७७ मा प्रकाशित

हुम्ला जिल्लाका जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । विश्वमा महामारीका रुपमा फैलीएको कोराना भाइरस कोभिण्ड १९ का विरुद्धको खोप माननीय न्यायाधीश पौडेलले आज लगाउनु भएको हो ।

कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउदा शरीरिरलाई फाइदा हुने र कोरोना विरुद्धको भाइरस सँग लण्डन सक्ने क्षमता प्रर्दान गर्ने भएकाले उक्त खोप लगाउन कोही कसैले छुटाउन नहुने न्यायाधीश पौडेलले बताउनु भएको छ ।

न्यायाधीश पौडेल आज दिनको १ वजे जिल्ला अस्पताल हुम्लामा पुगी उक्त खोप लगाउनु भएको जिल्ला अदालतका श्रेस्तेदार मदनराज भट्टराईले बताएका छन् ।

सामान्य तया केही व्यक्तीलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, रिगटा लाग्ने लगायत समान्य लक्षण देखिए पनि त्यसले ठुलो असर नगर्ने जिल्ला अस्पताल प्रमुख प्रेम सिहले बताएका छन् ।

अहिले माननीय जिल्ला न्यायाधीश पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९