राज शाही शुक्रबार, फाल्गुण २१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा पालिका खोप समन्वय समितिको १ दिने अभिमुखीकरण गोष्ठी संचालन भएको । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड विरुद्धको खोप संचालन प्रभावकारी ढंगले संचालन गर्ने विषय वस्तु माथि उक्त अभिमुखीकरण गरीएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन ।

खार्पुनाथ गाउँ पालिकामा कोरोना भाइरस कोभिण्ड १९ विरुद्धको खोप १५ वटा खोप केन्द्रबाट ७ सय ३४ जना ६५ वर्ष भन्दा माथिका नागरिकलाई कोभिसिल्ड खोप लगाइने सोही गाउँ पालिका स्वास्थ्य संयोजकले बताएका छन् ।

उक्त खोप फागुन २३ गतेबाट २६ गते सम्म एकसाथ खोप केन्द्रबाट खोप दिइने भएकव छ । त्यसै गरी पहिलो चरणमा लगाउन बाँकी स्वास्थ्यकर्मीहरु महिला स्वास्थ्य स्वयम सेविकाहरु जनप्रतिनिधिहरु र कर्मचारीहरुले पनि खोप लगाउने भएका छन् ।गोष्ठी खार्पुनाथ गाउँ पालिका केन्द्रमा फागुन २० गते संचालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९