राज शाही शुक्रबार, फाल्गुण २१, २०७७ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा पालिका खोप समन्वय समितिको १ दिने अभिमुखीकरण गोष्ठी संचालन भएको । विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड विरुद्धको खोप संचालन प्रभावकारी ढंगले संचालन गर्ने विषय वस्तु माथि उक्त अभिमुखीकरण गरीएको खार्पुनाथ गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन ।

खार्पुनाथ गाउँ पालिकामा कोरोना भाइरस कोभिण्ड १९ विरुद्धको खोप १५ वटा खोप केन्द्रबाट ७ सय ३४ जना ६५ वर्ष भन्दा माथिका नागरिकलाई कोभिसिल्ड खोप लगाइने सोही गाउँ पालिका स्वास्थ्य संयोजकले बताएका छन् ।

उक्त खोप फागुन २३ गतेबाट २६ गते सम्म एकसाथ खोप केन्द्रबाट खोप दिइने भएकव छ । त्यसै गरी पहिलो चरणमा लगाउन बाँकी स्वास्थ्यकर्मीहरु महिला स्वास्थ्य स्वयम सेविकाहरु जनप्रतिनिधिहरु र कर्मचारीहरुले पनि खोप लगाउने भएका छन् ।गोष्ठी खार्पुनाथ गाउँ पालिका केन्द्रमा फागुन २० गते संचालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९