राज शाही शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिकाका ७ र ८ नं वडाका ६ वटा स्थानमा फागुन १० गते देखि फागुन १५ गतेसम्म स्वास्थ्य सेवा कार्यालय,आयुर्वेद शाखा,हुम्लाको आयोजनामा संचालन गरिएको गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा जम्मा १ हजार१ सय ८२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरेर औषधी वितरण गरिएको छ ।

सेवा लिने सेवाग्राहीहरुमा सिमकोट गाउँ पालिका वडा नं ८ साँता र याङ्गु गाउँका २ सय १३ जना( महिला-१सय १९ र पुरूष-९४जना रहेका छन् । सोही गाउँ पालिका वडा न  ८ स्याँडा गाउँमा ३ सय ३९ जना मध्य महिला-१ सय ९७ र पुरूष-१ सय ४२ जना रहेका छन् ।सोही गाउँ पालिका सोही वडाको खोल्सी गाउँमा जम्मा १७६ जना मध्य महिला-७६ र पुरूष-१ सय जनाले सेवा लिएका छन् ।

सिमकोट गाउँ पालिका वडा नं ७ चौगानफयामा जम्मा १५४ जना मध्य महिला-९७ र पुरूष-५७ जनाले आयुवेर्द सेवा लिएका छन् । सोही वडाको धारापोरी गाउँमा जम्मा १ सय १३ जना मध्य महिला ६७ र पुरुष ४६ जनाले सेवालिएका छन् । सोही वडाको डाँडाफया गाउमा जम्मा १ सय ८७ जना मध्य महिला १ सय २१ र पुरुष ७७ जनाले घरदैलो मै आयुवेर्द सेवा लिएका छन् ।

वडास्तरमा हेर्ने हो भने सिमकोट गा.पा ८ का ७ सय २८ जना र सिमकोट गा.पा ७ का ४ सय ५४ जनाले गाउँघर क्लिनिकबाट सेवा लिएका छन । उक्त सेवा भर्खरै जन्मेका बच्चा देखि १०० वर्ष उमेर पुगेका जेष्ठनागरिकलाई समेत प्रदान गरिएको छ । गाउँघर क्लिनिकमा सबै भन्दा वढि वातरोगका विरामीहरूको उपचार गरिएको थियो। त्यसपछि दम, रूघाखोकी, ग्याष्ट्रिक, श्वेतप्रदर, उच्च रक्तचाप, आमातिसार, गानो गोला आदि रोगहरूको उपचार गरिएको छ । साथै स्तनपायी आमाको लागि लक्षित गरि संचालन गरिएको स्तनपायी आमालाई दुग्धबर्धक औषधी वितरण कार्यक्रममा ४६ जना स्तनपायी आमालाई शतावरी चुर्ण र दशमुल तैल वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय अन्तरगत आयुवेर्द शाखा प्रमुख कृष्ण चन्द जोसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९