राज शाही मंगलबार, फाल्गुण ११, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा माघे पुर्णीमा तथा चैतलो पर्वको रौनक वढेको छ । माघे पुर्णीमा जिल्लाका वढी जसो गाउँपालिकामा मनाउने गरिन्छ । विशेष गरी यो पर्व क्षेत्री तथा ठकुरी वस्तीहरुमा मनाउने गरीन्छ । देविदेवताको भाकल गरी पुकार गरेको मठ मन्दीरमा खसीको वली दिइ भव्यरुपमा पुजा पाठ गर्ने गरीन्छ । भक्तजनहरु मन्दीरमै पुगी खसीको वली दिइ गाउँका सबै भक्तजनहरु जमघट भइ धामी झाँक्री नाची रमाइलो गरी वली चढाएको  खसीको प्रसाद ग्रहण गर्ने गर्दछन् । यसै वची गाउँले साथी भाइ मिली मठमन्दीरमा लामो भन्दा लामो सल्लाको लुग्रा हाल्ने चलन पनि रहेको छ । यो पर्वको वेला विशेष गरी कुल देवताको वढी पुजा आजा गर्ने गरीन्छ ।

घर आगन मठ मन्दीर लिपपोत गरी सरसफाइ समेत गर्ने गरीन्छ । सरसफाइ गरी मठ मन्दीरमा पुरी तथा तरकारी वनाइ भक्तजनहरुलाई प्रसाद दिने पनि गरिन्छ । भक्तजनहरुको पालो लगाएर मठमन्दीरमा पुरी वनाउने चलन परम्परा देखि रहेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका पुजारी बालकृष्ण शाहीले बताएका छन् ।

विशेष गरी यो पर्व सिमकोट गाउँ पालिकाको वडा नं ५ को चौपाटीमा परम्परागत पहिर महिलाहरुले धारण गरी देउडा तथा चुट्कीला खेल्ने, युवा युवती दौतरी मिलाइ देउडा खेल्ने , युवाहरु भक्तजनको रमाइलोका लागी सटफुट हान्ने लगाएतका विभिन्न खेल प्रतियोगिता गर्ने गरेको सिमकोट गाउँ पालिका वडा नं ५ का गोरा रावतले बताएका छन् ।

त्यसै गरी सिमकोट गाउँ पालिका वडा नं १ र २ ठेहे गाउँमा माघे पुर्णीमाको अवसरमा जिल्लाकै ठुलो मेला चैतलो लाग्ने गर्दछ ।उक्त चैतलो पर्वमा महिला पुरुष मिली भुत भगाउने नाटक गर्ने देउडा चुट्कीला खेल्ने परम्पार रहेको छ । बाक्पा चउठाल ढाल तरवार लगाएतका विभिन्न कला संस्कृती प्रस्तुत गरी भक्तजनहरुलाई रमाइलो गर्ने गरीन्छ ।

आजबाटै माघे पुर्णीमाको रौनक जिल्लामा सुरु भएको छ । सिमकोट तल्लो गाउँको चौपाटीमा हालिने लुगो अर्थात लुग्रो स्थानिय साथी भाइ युवाहरु मिलेर आज एकादशीको अवसर पारी चौपाटीमा पुर्याइ सकेका छन् । माघ १२ गते दुवादसीको अवसर परी उक्त लुग्रो ठड्याइने छ ।

 

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९