राज शाही मंगलबार, फाल्गुण ११, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा माघे पुर्णीमा तथा चैतलो पर्वको रौनक वढेको छ । माघे पुर्णीमा जिल्लाका वढी जसो गाउँपालिकामा मनाउने गरिन्छ । विशेष गरी यो पर्व क्षेत्री तथा ठकुरी वस्तीहरुमा मनाउने गरीन्छ । देविदेवताको भाकल गरी पुकार गरेको मठ मन्दीरमा खसीको वली दिइ भव्यरुपमा पुजा पाठ गर्ने गरीन्छ । भक्तजनहरु मन्दीरमै पुगी खसीको वली दिइ गाउँका सबै भक्तजनहरु जमघट भइ धामी झाँक्री नाची रमाइलो गरी वली चढाएको  खसीको प्रसाद ग्रहण गर्ने गर्दछन् । यसै वची गाउँले साथी भाइ मिली मठमन्दीरमा लामो भन्दा लामो सल्लाको लुग्रा हाल्ने चलन पनि रहेको छ । यो पर्वको वेला विशेष गरी कुल देवताको वढी पुजा आजा गर्ने गरीन्छ ।

घर आगन मठ मन्दीर लिपपोत गरी सरसफाइ समेत गर्ने गरीन्छ । सरसफाइ गरी मठ मन्दीरमा पुरी तथा तरकारी वनाइ भक्तजनहरुलाई प्रसाद दिने पनि गरिन्छ । भक्तजनहरुको पालो लगाएर मठमन्दीरमा पुरी वनाउने चलन परम्परा देखि रहेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ याँङचु गाउँका पुजारी बालकृष्ण शाहीले बताएका छन् ।

विशेष गरी यो पर्व सिमकोट गाउँ पालिकाको वडा नं ५ को चौपाटीमा परम्परागत पहिर महिलाहरुले धारण गरी देउडा तथा चुट्कीला खेल्ने, युवा युवती दौतरी मिलाइ देउडा खेल्ने , युवाहरु भक्तजनको रमाइलोका लागी सटफुट हान्ने लगाएतका विभिन्न खेल प्रतियोगिता गर्ने गरेको सिमकोट गाउँ पालिका वडा नं ५ का गोरा रावतले बताएका छन् ।

त्यसै गरी सिमकोट गाउँ पालिका वडा नं १ र २ ठेहे गाउँमा माघे पुर्णीमाको अवसरमा जिल्लाकै ठुलो मेला चैतलो लाग्ने गर्दछ ।उक्त चैतलो पर्वमा महिला पुरुष मिली भुत भगाउने नाटक गर्ने देउडा चुट्कीला खेल्ने परम्पार रहेको छ । बाक्पा चउठाल ढाल तरवार लगाएतका विभिन्न कला संस्कृती प्रस्तुत गरी भक्तजनहरुलाई रमाइलो गर्ने गरीन्छ ।

आजबाटै माघे पुर्णीमाको रौनक जिल्लामा सुरु भएको छ । सिमकोट तल्लो गाउँको चौपाटीमा हालिने लुगो अर्थात लुग्रो स्थानिय साथी भाइ युवाहरु मिलेर आज एकादशीको अवसर पारी चौपाटीमा पुर्याइ सकेका छन् । माघ १२ गते दुवादसीको अवसर परी उक्त लुग्रो ठड्याइने छ ।

 

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९