शान्ती सिंह आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सरकारले बैशाख १७ र २७ गते चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ न । नेपाली काँग्रेस हुम्लाले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को अदानचुली र ताँजाकोट गाउँ पालिकामा वृहत आमा सभा संचालन गरेको छ ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा नेपाली काँग्रेसले फागुन ९ गते वृहत आमसभा संचालन गरेको खवर प्राप्त भएको छ । सो आम सभाको मुख्य नेतृत्व जिवनबहादुर शाहीको रहेको र फागुन ९ गते अदानचुली गाउँ पालिकाको श्रीनगरमा संचालन भएको आमसभामा नेपाली काँग्रेसका करिव १ हजार भन्दा वढी नेता तथा कर्यकर्ता भातृ तथा भगेनी संस्थाका प्रमुख एव प्रतिनिधि लगाएतको उपस्थित रहेको खवर प्राप्त भएको छ ।

यति वेला जिल्लाका विभिन्न पाटीका नेता तथा कार्यकर्ता  मतदाता आ आफ्नो पक्षमा पार्नका लागी दैनिक जसो गाउँ गाउँमा कार्यक्रम संचालन गर्न गरेको खवर प्राप्त भएको हो । यस अघी नेपाली काँग्रेसले प्रजातन्त्र दिवसको अवसर पारी ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा वृह आमसभा संचालन गरेको थियो ।

सोही अनुसार नेकपा प्रचण्ड माधव समुहले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क का दुइ वटा गाउँ पालिका अदानचुली र ताँजाकोटमा सहित दिवश मनाएको थियो ।

अदानचुली गाउँ पालिका केन्द्र श्रीनगरमा संचालन गरेको आम सभामा नेपाली काँग्रेस जिल्ला पाटी सभापति जयपति रोकाया , खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, नेपाल विद्यार्थी संघका अध्यक्ष धर्मराज जैसी ,  महिला संघकी अध्यक्ष विजया वुढा लगाएतका वक्ताहरुले आ आफ्नो भनाइ राखेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९