शान्ती सिंह आइतबार, फाल्गुण ०९, २०७७ मा प्रकाशित

हुम्ला

सरकारले बैशाख १७ र २७ गते चुनाव तोके संगै जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ न । नेपाली काँग्रेस हुम्लाले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क को अदानचुली र ताँजाकोट गाउँ पालिकामा वृहत आमा सभा संचालन गरेको छ ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा नेपाली काँग्रेसले फागुन ९ गते वृहत आमसभा संचालन गरेको खवर प्राप्त भएको छ । सो आम सभाको मुख्य नेतृत्व जिवनबहादुर शाहीको रहेको र फागुन ९ गते अदानचुली गाउँ पालिकाको श्रीनगरमा संचालन भएको आमसभामा नेपाली काँग्रेसका करिव १ हजार भन्दा वढी नेता तथा कर्यकर्ता भातृ तथा भगेनी संस्थाका प्रमुख एव प्रतिनिधि लगाएतको उपस्थित रहेको खवर प्राप्त भएको छ ।

यति वेला जिल्लाका विभिन्न पाटीका नेता तथा कार्यकर्ता  मतदाता आ आफ्नो पक्षमा पार्नका लागी दैनिक जसो गाउँ गाउँमा कार्यक्रम संचालन गर्न गरेको खवर प्राप्त भएको हो । यस अघी नेपाली काँग्रेसले प्रजातन्त्र दिवसको अवसर पारी ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा वृह आमसभा संचालन गरेको थियो ।

सोही अनुसार नेकपा प्रचण्ड माधव समुहले हुम्ला जिल्लाको निर्वाचन क्षेत्र क का दुइ वटा गाउँ पालिका अदानचुली र ताँजाकोटमा सहित दिवश मनाएको थियो ।

अदानचुली गाउँ पालिका केन्द्र श्रीनगरमा संचालन गरेको आम सभामा नेपाली काँग्रेस जिल्ला पाटी सभापति जयपति रोकाया , खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल, नेपाल विद्यार्थी संघका अध्यक्ष धर्मराज जैसी ,  महिला संघकी अध्यक्ष विजया वुढा लगाएतका वक्ताहरुले आ आफ्नो भनाइ राखेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९