राज शाही सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला  हुम्लामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । यसै बिच हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३ दिनको दुरीमा रहेको सर्केगाड गाउँ पालिका वडा नं ८ फुजाको महादेव खौलामा हाल नमस्ते नेपालको टावर निर्माण गरि रहेको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका छन् ।

उक्त टावर निर्माण कार्य गत माघ बाट संचालन भई हाल सोलार जोड्ने र पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको स्थानियवासी रामकृष्ण वुढालाई उद्रित गर्दै जैसीले बताएका छन् ।

करिव ३० लाखको लागतमा टावर निर्माण सामाग्री ढुवानी गरी निर्माण स्थलमा पुर्याएको र टावर निर्माणका लागी खाल्डो खन्ने गिटी बालुवा ढुङ्गा लगाएतका कच्चा पर्दाथ सर्केगाड गाउँ पालिका वडा नं ८ फुचा गाउँका स्थानियवासीले करिव १० लाख बराबरको श्रमदान गरेको स्थानियवासी वुढाले बताएका छन् ।

टावर निर्माणका लागी रामकृष्ण बुढाको पहलमा संचालन भइरहेको र केही थोरी रकम अपुग भई उक्त कार्य रोकिन सक्ने भएकाले वडा पालिका गाउँ पालिका सरकारी तथा गैर सरकारी कार्यालयको सहयोगको प्रतिक्षामा रहेको वुढाले बताएका छन् ।उक्त टावर निर्माण भएमा सर्केगाड र चंखेली २ वटा गाउँ पालिकाका स्थानिय सेवाग्राहीले सहजरुपमा सेवा पाउने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९