राज शाही सोमबार, फाल्गुण ०३, २०७७ मा प्रकाशित

हिमाली जिल्ला  हुम्लामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तिव्रता दिएको छ । यसै बिच हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३ दिनको दुरीमा रहेको सर्केगाड गाउँ पालिका वडा नं ८ फुजाको महादेव खौलामा हाल नमस्ते नेपालको टावर निर्माण गरि रहेको हाम्रा सर्केगाड संवाददाता ओम प्रसाद जैसीले बताएका छन् ।

उक्त टावर निर्माण कार्य गत माघ बाट संचालन भई हाल सोलार जोड्ने र पिलर निर्माणको काम अन्तिम चरणमा पुगेको स्थानियवासी रामकृष्ण वुढालाई उद्रित गर्दै जैसीले बताएका छन् ।

करिव ३० लाखको लागतमा टावर निर्माण सामाग्री ढुवानी गरी निर्माण स्थलमा पुर्याएको र टावर निर्माणका लागी खाल्डो खन्ने गिटी बालुवा ढुङ्गा लगाएतका कच्चा पर्दाथ सर्केगाड गाउँ पालिका वडा नं ८ फुचा गाउँका स्थानियवासीले करिव १० लाख बराबरको श्रमदान गरेको स्थानियवासी वुढाले बताएका छन् ।

टावर निर्माणका लागी रामकृष्ण बुढाको पहलमा संचालन भइरहेको र केही थोरी रकम अपुग भई उक्त कार्य रोकिन सक्ने भएकाले वडा पालिका गाउँ पालिका सरकारी तथा गैर सरकारी कार्यालयको सहयोगको प्रतिक्षामा रहेको वुढाले बताएका छन् ।उक्त टावर निर्माण भएमा सर्केगाड र चंखेली २ वटा गाउँ पालिकाका स्थानिय सेवाग्राहीले सहजरुपमा सेवा पाउने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९