राज शाही शनिबार, फाल्गुण ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपाल कम्युनिष्ट पाटी नेकपाले आज २६ औं जनयुद्ध दिवस मनाएका छन् । दिवसको अवसरमा हुम्ला जिल्लाको ताँजाको र अदानचुली गाउँ पालिकामा भव्यरुपमा कार्यक्रम संचालन गरेको मादप नेपाल र प्रचण्ड समुहका खार्पुनाथ गाउँ पालिका संयोजक प्रकास बहादुर शाहीले ताँजकोटबाट जानकारी गराएका छन् । गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।

करिव ३५हजार जनाको सहभागीतामा ताँजाकोट गाउँ पालिकाको छप्रेला वजारमा संचालीत कार्यक्रमको अध्यक्षता पुर्ण प्रसाद ढकाल र प्रमुख आतिथ्य लाल प्रसाद ढकालको रहेको थियो भने  अतिथिमा  हितबहादुर शाही र छिरिङ दमदोल लामाको रहेको थियो । सोही कार्यक्रममा १३ जना सहित परिवारलाई दोसल्ला ओढाइ सम्मान गरिएको संयोजक शाहीले बताएका छन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।

यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो । १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो भने कयौं बेपत्ता र अंगभंग भएका छन् । जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना निर्माण गरेको थियो । माओवादीले आफूहरुसँग ३२ हजार सेना रहेको दाबी गर्दथ्यो । यद्यपि सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले १९ हजार ६०२ जना जनसेना प्रमाणीकरण गयो । तीमध्ये समायोजनको क्रममा दिइएको विकल्पअनुसार १५ हजार ६३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए ।

ताँजाकोटको कार्यक्रममा विभिन्न संस्कृतिक कार्यक्रमहरु पनि संचालन भएका थिए । त्यसै गरि माधब प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अदानचुली गाउँ कमिटिले २६ औ जनयुद्ध दिबश मनाएका छन्  । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका अर्थ मन्त्री प्रकास ज्वालाको प्रमुख आतिथ्यमा अहिले साबिकको श्रीनगरमा रहेको श्रीनगर स्वास्थ्य चौकीको प्राङ्गणमा भएको हो  । कार्यक्रममा प्रदेश कमिटिका सदस्य हस्त बहादुर शाही र छिरिङ् दम्डोल लामा(कार्चेन)को उपस्थीती रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९