राज शाही शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

हुम्ला

कक्षा १ देखि ८ कक्षा सम्म पठन पाठन हुने विद्यालयमा पानीको हाहाकार परेको छ । विद्यालयमा पानी नहुदा विद्यार्थी आधा घण्टाको दुरीमा रहेको खोलाको दुसित पानी पिउन वाध्य भएका छन् । खानेपानीको हाहाकार हुने विद्यालयमा सर्केगाड गाउँ पालिका वडा नं ८ रादेव गाउँमा रहेको अशुवर्मा आधारभुत विद्यालय रहेको हाम्रा सर्केगाड गाउँ पालिका संवाददाता ओम प्रसाद जैसीले बताएका छन् ।

उक्त विद्यालयमा पानी नहुदा विद्यार्थी तथा शिक्षकलाई सौचालय प्रयोग गरी सकेपछि हात धुन समेत समस्या भएको सोही विद्यालयका शिक्षक पृथीवी बहादुर हमाललाई उद्रित गर्दै संवाददाता जैसीले बताएका छन् ।

सो विद्यालयमा हाल १ सय ५० जना भन्दा वढी विद्यार्थी र ७ जना शिक्षक रहेको र उनीहरु सबैलाई खानेपानीको समस्या भएको खवर प्राप्त भएको छ । पटक पटक सरोकारवाला निकाय जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालय वडा कार्यालय समेतलाई खानेपानीको व्यवस्थाका लागी पहल गरिदिन अनुरोध गरे पनि कोही कसैबाट उक्त समस्याको समाधान हुन नसकेको जैशीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९