राज शाही सोमबार, माघ २६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

बजारमा जथाभावी फलिएका फोहोर बस्तु खाँदा घरपालुवा पशु वस्तु मर्न थालेका छन् । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा विकास संगै विनास पनि निम्तिन थालेको छ । जिल्लामा कलकारखाना उद्योग दर्ता भइ संचालनमा आएका छन् । यनीबाट उत्पादीत फोहोर संगै सदरमुकाम सिमकोटमा बसो बास गर्ने मानिसले घरबाट निक्लेको फोहोर जथाभावी फालिदिदा ति फोहोर पलाष्टिकका चिज बस्तु खाइदिदा घरपालुवा पशु वस्तु समेत मर्ने गरेका छन् ।

माघ २५ गते सिमकोट गाउँ पालिका वडा नं ६ का जयन रोकायाको १ वटा करिव २ वर्षको गोरु मरेको छ । बजारमा फालिएको चुली खामु तथा ओखरको पिना पलाष्टिक जन्य पदार्थ खाइ मरेको आशंका गरिएको छ । रोकायाका अनुसा उक्त गोरुको आँखामा जाली वढेको अर्थात स्थानिय भासामा मिग्यान बढेकाले पनि मरेको हुन सक्ने बताएका छन् ।

स्थानिवासी उद्योगीहरुले घर तथा मेसिनबाट निक्लेको फोहोर जथाभावी नफाली व्यवस्थित गर्नु पर्ने आवश्यक देखिएको छ । हुम्ला जिल्लामा ६ महिना हरियाली हुने पशु वस्तुले प्रसस्त घाँस खान पाए पनि हिउदका ६ महिना पशु मालिकले भण्डारण गरेको घाँस दिए मात्र खान पाउने नत्र वजारका कागज पलास्टि जे भेटिन्छ त्यही खाएर पेट भर्ने गरेका छन् । पशु वस्तुका लागी भए पनि घरबाट तथा उद्योगबाट निक्लेको फोहोर जथाभावी नफाली व्यवस्थित गर्नु पर्ने आवश्यक देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९