राज शाही सोमबार, माघ २६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

बजारमा जथाभावी फलिएका फोहोर बस्तु खाँदा घरपालुवा पशु वस्तु मर्न थालेका छन् । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा विकास संगै विनास पनि निम्तिन थालेको छ । जिल्लामा कलकारखाना उद्योग दर्ता भइ संचालनमा आएका छन् । यनीबाट उत्पादीत फोहोर संगै सदरमुकाम सिमकोटमा बसो बास गर्ने मानिसले घरबाट निक्लेको फोहोर जथाभावी फालिदिदा ति फोहोर पलाष्टिकका चिज बस्तु खाइदिदा घरपालुवा पशु वस्तु समेत मर्ने गरेका छन् ।

माघ २५ गते सिमकोट गाउँ पालिका वडा नं ६ का जयन रोकायाको १ वटा करिव २ वर्षको गोरु मरेको छ । बजारमा फालिएको चुली खामु तथा ओखरको पिना पलाष्टिक जन्य पदार्थ खाइ मरेको आशंका गरिएको छ । रोकायाका अनुसा उक्त गोरुको आँखामा जाली वढेको अर्थात स्थानिय भासामा मिग्यान बढेकाले पनि मरेको हुन सक्ने बताएका छन् ।

स्थानिवासी उद्योगीहरुले घर तथा मेसिनबाट निक्लेको फोहोर जथाभावी नफाली व्यवस्थित गर्नु पर्ने आवश्यक देखिएको छ । हुम्ला जिल्लामा ६ महिना हरियाली हुने पशु वस्तुले प्रसस्त घाँस खान पाए पनि हिउदका ६ महिना पशु मालिकले भण्डारण गरेको घाँस दिए मात्र खान पाउने नत्र वजारका कागज पलास्टि जे भेटिन्छ त्यही खाएर पेट भर्ने गरेका छन् । पशु वस्तुका लागी भए पनि घरबाट तथा उद्योगबाट निक्लेको फोहोर जथाभावी नफाली व्यवस्थित गर्नु पर्ने आवश्यक देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९