राज शाही आइतबार, माघ २५, २०७७ मा प्रकाशित

नेपाल कम्युष्टि पार्टी प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको बिरुद्धमा अनेम संघले ज्ञापन पत्र पेश गरेको हो।

प्रधानमन्त्रीले जनताको रगत र पसिना बगाए निर्माण गरेको वर्तमान संबिधानलाई कुल्चने काम गरेको त्यस बिरुद्ध अनेम संघले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको अनेम संघकी केन्द्रीय सदस्य जुम्कीत लामाले बताइन्।

संघद्धारा पेश गरिएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई नेपाली जनताले दिएको म्याण्डेड बिरुद्ध लागेको आरोप समेत लगाईएको छ। त्यसैगरी संबिधानको पालन गर्नु ब्यक्तिले धज्जी उडाएको समेत आरोप लगाइएको छ।

साथै संघले ज्ञापन पत्र मार्फन प्रधानमन्त्रीले चालेका असंबैधानिक कदमलाई यथाशिघ्र सच्याउन समेत आग्रह गरिएको छ।

नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेकी लामाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र पेश गरेको हो।

नेतृ लामाले प्रधानमन्त्रीको असंबैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने समेत बताएकी छन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ गिरीले तत्काल प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पठाईने जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९