राज शाही शनिबार, माघ २४, २०७७ मा प्रकाशित

नेपाली काँग्रेसका शुभेक्छुक संस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद बिगठनको असंबैधानिक कदम गरेको भन्दै सो बिरुद्ध प्रर्दशन गरेका छन् । काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार हुम्लामा पनि शुभेक्छुकहरुले प्रर्दशनी गरेका हुन ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिधिनि सभा विघटनको बिरुद्धमा प्रर्दशनी गरिएको काँग्रेसका शुभेक्छुक संस्थाहरु मध्यका स्कुल अफ मोक्रेसीका अध्यक्ष काली बहादुर शाहीले बताएका छन् । सरकार बिरुद्धको राष्ट्रिय कार्यक्रमलाई नेपाली काँग्रेस हुम्लाका शुभेक्छुक संस्थाहरुले संयुक्त रुपमा सो कार्यक्रम गरेका हुन ।

बिहान साढे ११ वजे  पुरानो पार्टी कार्यालय काली चोकबाट नारा छाती टाँसेर प्रर्दशन गरिएको थियो । प्रर्दशनमा सहभागीहरुले हात र टाउकोमा कालो पट्टी समेत बाँधनु भएको थियो । नारा भने लगाइएको थिएन । जुलुशले मौन रुपमा बजारको परिक्रम गरेको थियो ।

प्रर्दशनकारीले काली चोकबाट बालमन्दिर चोक, काठेचुली हुदै धुपी, खेल मैदान, रानी बन, सनभ्याली एयरपोर्ट चोक हुदै  पून काली चोकमै आएर ट्रेड युनियनका अध्यक्ष राजन रावत जुलुको बिर्सजन गरेका थिए  ।

प्रर्दशनमा ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामति कर्मचारी युनियन संघ, प्रेश युनियन, लोकतान्त्रिक होटेल संघ, लोकतान्त्रिक निर्माण ब्यबसायी संघ, बित्तिय संस्थ, स्कुल अफ डेमोक्रेसी लगाएत  संस्थाका नेता तथा कार्यकर्ताको प्रर्दशनीमा सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९