Mansarowar Times शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कक्षा आठ, नौ र दशमा अध्ययनरत विधार्थीहरुलाई लक्षितगरि विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । उक्त कार्यक्रममा कक्षा आठ, नौ र दशमा अध्ययनरत सबै बिधार्थीहरुलाई सहभागीता रहेको थियो । यस कार्यक्रमबाट दुई सय भन्दा बढी विधार्थी लावान्भित भएको जानकारी प्राप्न भएको छ । बिशेष गरि बैशाख महिनामा हुन गई रहेको निर्बाचनमा मत बदर नहोस भन्नका लागि निर्बाचन आयोगले यो कार्यक्रम संचालन गरिएको छ ।

माध्यामिक विद्यालय स्तरमा अध्ययनरत विधार्थी घरको जिम्मेवार सदस्य बनी सकेको कारण उनी मार्फत घरका अन्य सदस्यहरुले सदर मत बारे जानकारी पाउन भन्नका लागि यो कार्यक्रम सञ्चालन भएको होे ।  कार्यक्रमद्धारा विधार्थीहरुलाई सदर मत कसरी हाल्ने, यसको महत्व र फाईदाका वारेमा जानकारी दिने गरिएको थियो ।

यसअघि २०७४ सालको  स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनमा हुम्ला जिल्लामा बदर मतको संख्या धेरै रहेको छ । विद्यालयमा एक पटकमा धेरैलाई मतदाता शिक्षाका बारेमा जानकारी दिन सकिने भएको कारण यो कार्यक्रम सञ्चालन भएको हो ।

निर्बाचन कार्यालयको कार्यक्रम अनुसार हुम्ला जिल्ला भरिका छ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको हो । जसमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बाल मन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेब मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९