Mansarowar Times शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

हुम्ला

जिल्ला निर्बाचन कार्यालयले गाउँगाउँका विद्यालयहरुमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख १७ र २७ गते हुन गई रहेको निर्बाचनमा बढी भन्दा बढी मत सदर गराउनका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

कक्षा आठ, नौ र दशमा अध्ययनरत विधार्थीहरुलाई लक्षितगरि विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । उक्त कार्यक्रममा कक्षा आठ, नौ र दशमा अध्ययनरत सबै बिधार्थीहरुलाई सहभागीता रहेको थियो । यस कार्यक्रमबाट दुई सय भन्दा बढी विधार्थी लावान्भित भएको जानकारी प्राप्न भएको छ । बिशेष गरि बैशाख महिनामा हुन गई रहेको निर्बाचनमा मत बदर नहोस भन्नका लागि निर्बाचन आयोगले यो कार्यक्रम संचालन गरिएको छ ।

माध्यामिक विद्यालय स्तरमा अध्ययनरत विधार्थी घरको जिम्मेवार सदस्य बनी सकेको कारण उनी मार्फत घरका अन्य सदस्यहरुले सदर मत बारे जानकारी पाउन भन्नका लागि यो कार्यक्रम सञ्चालन भएको होे ।  कार्यक्रमद्धारा विधार्थीहरुलाई सदर मत कसरी हाल्ने, यसको महत्व र फाईदाका वारेमा जानकारी दिने गरिएको थियो ।

यसअघि २०७४ सालको  स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनमा हुम्ला जिल्लामा बदर मतको संख्या धेरै रहेको छ । विद्यालयमा एक पटकमा धेरैलाई मतदाता शिक्षाका बारेमा जानकारी दिन सकिने भएको कारण यो कार्यक्रम सञ्चालन भएको हो ।

निर्बाचन कार्यालयको कार्यक्रम अनुसार हुम्ला जिल्ला भरिका छ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन भएको हो । जसमा सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बाल मन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेब मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९