राज शाही बिहिबार, माघ २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

६ जना कैदीलाई जिल्ला कारागार कार्यालय हुम्लाले कार्यालय स्थानान्तरण गरेको छ । कारागार कार्यालय स्थानान्तरण हुनेमा बहुबिबाह मुद्दाका बिष्णबहादुर फडेरा , कर्तव्य ज्यानका दिनेश चौलागाइ, जवरजस्तीकरणी मेघराज शाही, लिखित सरकारी छाप दस्तखत कसुरका कालीबहादुर हमाल र भगौडा सम्बन्धी कसुरका नवराज कठायत लगायतका रहेका छन् ।

यी ६ जनालाई कारागार विभाग कालिकास्थान काठमाण्डौको २०७७ साल माघ १५ गतेको पत्रानुसार जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासदमा रहदै आएका ६ जनालाई कारागार कार्यालय विरेन्द्रनगर सुर्खेतमा स्थानान्तरण गरिएको निमित्त जेलर डवले रावतले बताएका छन् ।

हुम्ला जिल्लामा कारागार कार्यालय नहुदा निजहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखिदै आएको थियो । हुम्ला जिल्ला अदालतको फैसलानुसार बिष्णबहादुर फडेराको छुट्ने मिति २०७८।७।५ गते, धनलाल  रोकाया २०८०।११। ३ गते, मेघराज शाही २०८०।६।२६ गते, कालीबहादुर हमालको २०७८।१०।२४ र नवराज कठायतको २०७८।४।५ गते रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९