राज शाही मंगलबार, माघ २०, २०७७ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा नेपाल पत्रकार महासंघको पाँचौ साधारण सभा भेला सम्पन्न भएको छ ।  नेपाल पत्रकार महाँसघ जिल्ला शाखा हुम्लाका वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि एव सचिव लक्ष्मी पुनको प्रमुख आतिथ्यमा र नेपाल पत्रकार महासंघका सामानुपातिक उपाध्यक्ष मिमिसिह नेपालीको आतिथ्यमा बार्षिक साधारण सभा भेला संचालन भएको थियो ।

नेपाल पत्रकार महासंघका हुम्लाका सचिव राज शाहीले उत्घोषण गरेको कार्यक्रममा हुम्लामा कार्यरत सञ्चारकर्मीहरुलाई समाजमा हुने सबै खाले विकृति तथा विसंगति र सकरात्मक पक्षको उजागर गर्न ऐनाको रुपमा काम गर्न सुझाव दिएका छन् । मंगलबार महासंघको साधारण सभामा शुभकामना मन्त्य दिने क्रममा जनप्रतिनिधि, प्रशासक र राजनीनि दलका नेताहरुले उक्त सुझाव दिएका हुन।

समाजमा हुने राम्रा र नराम्रा पक्षको उजागर गर्न खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले आग्रह गरे। सभामा शुभकामना मन्तव्य दिदै अध्यक्ष रावलले पत्रकारले सही रुपमा कलम चलाउन नसके झन विकृति मौलाउने बताए। उनले भने, ‘ पत्रकारले दूधको दूध, पानीको छानेर समाजलाई विसंगति मुक्त बनाउन संचारकर्मीका ठूलो भूमिका रहन्छ। त्‍यसकारण पत्रकार कतैको पनि पक्षमा नभइ सत्‍य, तथ्‍य र निष्पक्ष भएर कलम चलाउनुपर्छ। समाजमा ऐना जस्तो पारदर्शी भएर रहन सक्नुपर्छ।’

प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले ऐनमा जसरी स्पष्ट देखिन्छ, त्यसरी नै पत्रकारहरुले बिषयका उठान गर्न आग्रह गरे। समाज परिवर्तनका संवाहक पत्रकार पनि भएको कारण जिम्मेवारी अनुसार कलम चनाउनु पर्ने उनले बताए। उनले भने, ‘पत्रकारहरुले उठाउने सही बिषयमा प्रशासनले जहिले पनि सहयोग गर्छ। हामी यसमा पत्रकारहरुलाई हातमा हात दिएर सहयोग गर्छौ। तर सही विषय उठाउनुस् तपाइहरु।’

कार्यक्रममा राजनीति दलका नेताहरुले पनि जिल्लाको बिकासमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने औल्याएका थिए। सभामा वरिष्ठ उपाध्यक्ष मधु बस्नेत शाहीले सांगठानिक प्रतिबेदन कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिबेदन पेश गरेका थिए। सभाले आफ्नो भवन निर्माणका लागि जग्गा खरिदका लागि पहिलो पटक पहल गर्ने निर्णय गरेको छ। महासंघ हुम्लाको अध्यक्ष अर्जुन बोहरा जिल्ला बाहिर भएको कारण वरिष्ठ उपाध्यक्ष बस्नेतको अध्यक्षतामा सभा सम्पन्न भएको थियो।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९