राज शाही बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा नेपालगंजदेखि हवाई मार्ग हुदै बन्दा वन्दीका वेला डेढ करोड दैनिक उपभोग्य सामानहरु भित्रिएका छ । जिल्लामा दैनिक उपभोग्य सामानको अभाब भएको बेला उद्योग बाणिज्य संघको पहल र स्थानीय प्रशासनको समन्यवमा ती सामान भित्रका हुन ।

गत बैशाख २० गते यता नेपालगंजबाट दुई दर्जन भन्दा बढी उडानमा दैनिक उपभोग्य सामानहरु हुम्ला भित्रिएको सिता एयर सिमकोटका इन्चार्ज छेपाल लामाले बताएका छन्। एक फ्लाईट सामानको खरिद र ढुवानी गरि करिब छ लाख रुपियाँमा हुम्ला पुग्ने गर्छ । वैशाख २० गते यता डेढ करोड मुल्य बराबरका दैनिक उपभोग्य सामानहरु जिल्ला भित्रिएको ब्यबपारीहरुले बताएका छन् ।

हुम्लामा दैनिक उपभोग्य सामानहरु तेल, चिनी, आटा, साबुन, मैदा, मसला जन्य खाद्य बस्तुको अभाब भएको बेला उद्योग बाणिज्य संघको सिफारिस र स्थानीय प्रशासनको सहजिकरणमा गृह मन्त्रालयबाट सहमति पत्र आएपछि ती सामानहरु हवाई मार्गबाट ढुवानी भएका हुन । सामान ढुवानी भएसंगै दैनिक उपभोग्य बस्तुको जिल्लामा रहेको अभाब पनि हाललाई टरेको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९