राज शाही बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

हुम्ला
सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा नेपालगंजदेखि हवाई मार्ग हुदै बन्दा वन्दीका वेला डेढ करोड दैनिक उपभोग्य सामानहरु भित्रिएका छ । जिल्लामा दैनिक उपभोग्य सामानको अभाब भएको बेला उद्योग बाणिज्य संघको पहल र स्थानीय प्रशासनको समन्यवमा ती सामान भित्रका हुन ।

गत बैशाख २० गते यता नेपालगंजबाट दुई दर्जन भन्दा बढी उडानमा दैनिक उपभोग्य सामानहरु हुम्ला भित्रिएको सिता एयर सिमकोटका इन्चार्ज छेपाल लामाले बताएका छन्। एक फ्लाईट सामानको खरिद र ढुवानी गरि करिब छ लाख रुपियाँमा हुम्ला पुग्ने गर्छ । वैशाख २० गते यता डेढ करोड मुल्य बराबरका दैनिक उपभोग्य सामानहरु जिल्ला भित्रिएको ब्यबपारीहरुले बताएका छन् ।

हुम्लामा दैनिक उपभोग्य सामानहरु तेल, चिनी, आटा, साबुन, मैदा, मसला जन्य खाद्य बस्तुको अभाब भएको बेला उद्योग बाणिज्य संघको सिफारिस र स्थानीय प्रशासनको सहजिकरणमा गृह मन्त्रालयबाट सहमति पत्र आएपछि ती सामानहरु हवाई मार्गबाट ढुवानी भएका हुन । सामान ढुवानी भएसंगै दैनिक उपभोग्य बस्तुको जिल्लामा रहेको अभाब पनि हाललाई टरेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९