राज शाही सोमबार, माघ १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 

खार्पुनाथ गाउँ पालिकालाई भ्याक्सिन डिप फ्रिज सहयोग गरिएको छ । सहयोग गुड नेभर्स इन्टरनेस्ल नेपालको आर्थिक तथा स्नोल्याड एकिकृत विकास केन्द्रको प्राविधिक सहयोगमा खार्पुनाथ गाउँ पालिका स्वास्थ्य शाखालाई हस्तान्त्रण गरिएको स्नोल्याण एकिकृत विकास केन्द्रका स्वास्थ्य संयोजक छक्कबहादुर रोकायाले बताएका छन् । रोकायाका अनुसार उक्त फ्रिजको लागत रु ४ लाख ५० हजार रहेको रोकायाले बताएका हुन ।

सोमबार खार्पुनाथ गाउँ पालिकामा एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य संयोजक वलिराज शाहीलाई जिम्मा लगाइएको रोकायाले बताएका छन् । उक्त फ्रिज ग्रहण गर्दै स्वास्थ्य संयोजक शाहीले महत्वपुर्ण स्वास्थ्य सामाग्री सहयोग गर्ने गुड नेभर्स इन्टरनेस्नल नेपाल र स्नोल्याड एकिकृत विकास केन्द्रलाई हार्दिक धन्यवाद समेत ज्ञापन गरेका छन् ।

सो स्वास्थ्य सामाग्रीले नेपाल सरकारको पि वान कार्यक्रमलाई खार्पुनाथ गाउँ पालिकामा स्वास्थ्यमा गुणस्तर प्राप्तिका लागी महत्वपुर्ण भुमीका खेल्ने र भ्याक्सिनको कभरेज बढ्नुका साथै भ्याक्सिन खेरजाने दरमा कमि आउने र खार्पुनाथ गाउँ पालिकाका सबै बालबालिकाहरु खोपबाट बन्चित हुनु पर्ने अवस्था हटेको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९