दिपबहादुर शाही आइतबार, माघ १८, २०७७ मा प्रकाशित

हुम्ला

सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटी नेपाल कम्युनिष्ट पाटी नेकपाको गठन गरिएको हो । आइतबार गठन गरिएको कमिटीको अध्यक्षतामा टुमजोक लामा र प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पाटीका जिल्ला अध्यक्ष लालकेश जैसीको रहेको थियो ।

कार्यक्रमको विशेष आतिथ्यमा नेता कार्चेन लामा अविराम शाही तिर्थराज रोकाया लगाएतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । उक्त गठन कार्यक्रम सिमकोट गाउँ पालिकाको वडा नं ३ को तोर्पामा भएको नेपाल कम्युनिष्ट पाटी नेकपा खार्पुनाथ संयोजक प्रकास बहादुर शाहीले बताएका छन् ।

करिव २ सय जना नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा वोल्ने वक्ताहरुले प्रधानमन्त्री केपी सर्मावलीले विगठन गरेको प्रतिनिधि सभा संवैधानिक विपरित रहेको र चुनाव तोकिएकै समयमा नहुने र प्रतिनि सभा विगठन गरि देश र जनतालाई भ्रम फैलाएको बताएका थिए ।

त्यसै गरी सोही कार्यक्रममा २१ सदस्यिय सल्लाहकार समिति पनि गठन गरिएको संयोजक शाहीले बताएका छन् । सल्लाहकार समितिको संयोजकमा रिक्जेन लामा रहेको र जसको सफत समेत गठन गरिएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९