दिपबहादुर शाही आइतबार, माघ १८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सिमकोट गाउँ पालिका वडा नं ३ मा २९ सदस्यिय वडा कमिटि गठन गरिएको छ । उक्त वडा कमिटी नेपाल कम्युनिष्ट पाटी नेकपाको गठन गरिएको हो । आइतबार गठन गरिएको कमिटीको अध्यक्षतामा टुमजोक लामा र प्रमुख आतिथ्यमा नेपाल कम्युनिष्ट पाटीका जिल्ला अध्यक्ष लालकेश जैसीको रहेको थियो ।

कार्यक्रमको विशेष आतिथ्यमा नेता कार्चेन लामा अविराम शाही तिर्थराज रोकाया लगाएतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो । उक्त गठन कार्यक्रम सिमकोट गाउँ पालिकाको वडा नं ३ को तोर्पामा भएको नेपाल कम्युनिष्ट पाटी नेकपा खार्पुनाथ संयोजक प्रकास बहादुर शाहीले बताएका छन् ।

करिव २ सय जना नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा वोल्ने वक्ताहरुले प्रधानमन्त्री केपी सर्मावलीले विगठन गरेको प्रतिनिधि सभा संवैधानिक विपरित रहेको र चुनाव तोकिएकै समयमा नहुने र प्रतिनि सभा विगठन गरि देश र जनतालाई भ्रम फैलाएको बताएका थिए ।

त्यसै गरी सोही कार्यक्रममा २१ सदस्यिय सल्लाहकार समिति पनि गठन गरिएको संयोजक शाहीले बताएका छन् । सल्लाहकार समितिको संयोजकमा रिक्जेन लामा रहेको र जसको सफत समेत गठन गरिएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९