राज शाही बुधबार, माघ १४, २०७७ मा प्रकाशित

हुम्ला

हिल्सा सिमकोट सडक आयोजनाले योजना प्रमुख  पाएको छ । योजना प्रमुख नहुदा आयोजनाको काममा बाधा पुगेको समाचार सार्वजनिक भएपछि सडक बिभाग प्रमुख खटाउने बाध्य भएको हो ।

गत मंसीर ८ गते काठमाडौं बिस्तार आयोजनाबाट सरुवा भएर हुम्ला आएका  नयाँ योजना प्रमुख निलम्बनमा परेपछि उनको ठाउँमा अर्को योजना प्रमुखको ब्यबस्था नहुदा काममा असर परेको थियो ।  गत पुस १७ गतेबाट हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेल बहादुर नेपाली अख्तियारमा उजुरी पर्दा निलम्बन परेका थिए ।

हाल आयोजनाका योजना प्रमुखमा आयोजनाका इन्जिनीयर सन्तोस यादबले जिम्मैवारी दिईएको छ । यत्रो दिन भई सक्दा पनि अर्को ब्यबस्था नभए पछि दर्जन बढी योजनाका कामहरु अगाडी बढ्न सकेका थिए । जिम्मेवारी दिएसगै काम अगाडी बढेको योजना प्रमुख यादवले बताए । सेवाग्राहीहरु कार्यालयमा आएर गुनासो गर्ने भएको कारण बिभागले अर्को ब्यबस्था चाँडै गर्न दवाव परेको थियो ।

योजना प्रमुख नहुँदा धेरै योजनाहरु निर्माण भई रहेको र नयाँ योजनाका सम्झौता गर्न पनि समस्या भएको थियो । आयोजनाका तीन वटा योजनाका काम गर्दै आएका सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेज बहादुर महतले योजना प्रमुख को व्यवस्था भएप्छि काम गर्ने बाटो खुलेको बताए । हाल आयोजनाले सिमकोट हिल्सातर्फ तीन वटा पक्की मोटरेवल पुल र सलीसल्ला देखि हिल्सासम्म नौ वटा  प्याकेजमा नयाँ सडक निर्माण र बिस्तारको काम गरि रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९