राज शाही बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिल्सा सिमकोट सडक आयोजनाले योजना प्रमुख  पाएको छ । योजना प्रमुख नहुदा आयोजनाको काममा बाधा पुगेको समाचार सार्वजनिक भएपछि सडक बिभाग प्रमुख खटाउने बाध्य भएको हो ।

गत मंसीर ८ गते काठमाडौं बिस्तार आयोजनाबाट सरुवा भएर हुम्ला आएका  नयाँ योजना प्रमुख निलम्बनमा परेपछि उनको ठाउँमा अर्को योजना प्रमुखको ब्यबस्था नहुदा काममा असर परेको थियो ।  गत पुस १७ गतेबाट हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेल बहादुर नेपाली अख्तियारमा उजुरी पर्दा निलम्बन परेका थिए ।

हाल आयोजनाका योजना प्रमुखमा आयोजनाका इन्जिनीयर सन्तोस यादबले जिम्मैवारी दिईएको छ । यत्रो दिन भई सक्दा पनि अर्को ब्यबस्था नभए पछि दर्जन बढी योजनाका कामहरु अगाडी बढ्न सकेका थिए । जिम्मेवारी दिएसगै काम अगाडी बढेको योजना प्रमुख यादवले बताए । सेवाग्राहीहरु कार्यालयमा आएर गुनासो गर्ने भएको कारण बिभागले अर्को ब्यबस्था चाँडै गर्न दवाव परेको थियो ।

योजना प्रमुख नहुँदा धेरै योजनाहरु निर्माण भई रहेको र नयाँ योजनाका सम्झौता गर्न पनि समस्या भएको थियो । आयोजनाका तीन वटा योजनाका काम गर्दै आएका सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेज बहादुर महतले योजना प्रमुख को व्यवस्था भएप्छि काम गर्ने बाटो खुलेको बताए । हाल आयोजनाले सिमकोट हिल्सातर्फ तीन वटा पक्की मोटरेवल पुल र सलीसल्ला देखि हिल्सासम्म नौ वटा  प्याकेजमा नयाँ सडक निर्माण र बिस्तारको काम गरि रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९