राज शाही शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

नेपाल सरकारले आगामी बैशाख १७ र २७ गते निर्वाचन तोके संगै जिल्लामा निर्बाचन गधिविधिहरु संचालन हुन थालेका छन् । उक्त निर्वाचनलाई कसरी धाँदली रहित स्वच्छ निश्पक्ष ढंगले निर्बाचन संचालन गर्ने भन्ने तर्फ जिल्ला निर्वाचन कार्यालय सरोकारवाला पक्ष राजनैतिक दल पत्रकारहरु संग छलफल संचालन गरि रहेको छ ।

हुम्ला जिल्लामा ७ वटा गाउँ पालिका रहेको ति गाउँ पालिकाहरुमा माघ १५ गते मतदाता निमावली ऐन २०७३ को दफा १३ बमोजिम कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकासन गर्ने,  माघ १६ गते देखि माघ १८ गते सम्म मतादाता नामवली ऐन २०७३ को दफा १४ बमोजिम प्रकासित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धी सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने लगाएतका कायक्रमहरुका वारेमा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ ।

जिल्ला निर्बाचन कार्यालय हुम्लाको आयोजनामा सुक्रबार दिनको २ बजेबाट जिल्ला प्रशासन कार्यालयमा संचालन भएको अन्त्तरक्रिया कार्यक्रममा माघ १८ गते देखि २० गते सम्म मतदाता नामावली ऐन २०७३ को दफा १४ को उपदफा २ बमोजिम त्रुटि सच्याउनको लागि प्राप्त निवेदन उपर जाँचबुझ गरी त्रुटि सच्याउनको लागि प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्नको लागि बिबरण तयार गर्ने  सोही मितिमा मतदाता नामावली ऐन २०७३ को दफा १७ बमोजिम निवेदन प्राप्त भएपश्चात सम्बन्धित स्थानिय तह भित्रै दोहोरो परेको भए सहायक नाम दर्ता अधिकारी स्वंयमले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने सो बाहेकका दोहोरो परेको हकमा प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्ने लगाएतका कार्यक्रमहरु रहेको बारे जानकारी गराइएको थियो ।

जिल्ला समन्वय प्रमुख दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी, राजनैतिक दल, नागरीक समाज,  लगाएत पत्रकारहरुको उपस्थित रहेको कार्यक्रममा जिल्ला निर्वाचन अधिकृतले निर्वाचनका कार्यक्रमका बारेमा  प्रष्ट पारेका थिय।त्यसै गरी प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गीरीले अन्तरक्रिया कार्यक्रममा उठेका जिग्यासाहरु माथि थप प्रष्ट पार्दै आफ्नो भनाइ यसरी राख्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९