राज शाही शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पाटी नेकपा खार्पुनाथ गाउँ पालिकाको वैठक बसेको छ । सोही गाउँ पालिका संयोजक प्रकासबहादुर शाहीको अध्यक्षतामा सुक्रबार बसेको बैठकले ४ वटा प्रस्ताव माथि छलफल गरी निर्णय गरेको छ ।

बैठकले खार्पुनाथ गाउँ पालिका भरिका नेपाल कम्युनिष्ट पाटीको वृहत छलफल गरी उक्त गाउँ पालिका भित्रका नेपाल कम्युनिष्ट पाटीका नेता तथा कार्यक्रताहरु एकिकृत हुने निर्णय गरेको छ ।

त्यसै गरि सोही बैठकले नेपाल कम्युनिष्ट पाटी नेकपा केन्द्रमा धुविकरण भइ केही नेता तथा कार्यकर्ता केपी सर्मा वली र केही प्रचन्ड माधव नेपाल समुहमा लागेकाले खार्पुनाथ गाउँ पालिकाका नेकपाका नेता तथा कार्यकर्ता कुन खेमामा लाग्ने भन्ने विषयमा वृहत छलफल गरी सबै नेता तथा कार्यक्रताहरुको बहुमतले प्रचण्ड माधव नेपाल समुहमा समाहित हुने निर्णय गरीएको सोही गाउँ पालीका नेपाल कम्युनिष्ट पाटी नेकपाका इन्चार्ज प्रकासबहादुर शाहीले बताएका छन् ।

त्यसै गरि माघ १५ गतेबाट प्रत्यक वडा कमिटीले संगठन विस्तार गर्न बैठक वस्ने निर्णय गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९