राज शाही बुधबार, माघ ०७, २०७७ मा प्रकाशित

हुम्ला

कर्णाली करिडोरको हिल्सा सिमकोट खण्डमा पर्ने चार वटा मोटरेवल पुलको निर्माण कार्य सुस्त हुदै आएको छ । निर्माण कम्पनी पक्षले कामदार तथा आबश्यक निर्माण सामाग्रीको ब्यबस्था समय मै गर्न नसक्दा पुलको निर्माण कार्यमा ढिलो हुदै आएको हो ।

राष्ट्रिय गौरभको आयोजना समेत रहेको कर्णाली करिडोर अन्र्तगत हिल्सा देखि सिमकोट खण्डमा  खोला तथा सहायक नदीमा दुई वर्ष अगाडीदेखि चार वटा मोटरेवल पुलको निर्माण कार्यमा ढिलाई हुदा स्थानीयले चिन्ता ब्यक्त गर्न थालेका छन् ।

पुलको निर्माण कार्य पुरा नहुदा हाल सिमकोट हिल्सा सडक खण्डमा चल्ने गाडीहरु खोला तर्न बाध्य हुदै आएका छन् । पुल निर्माण कार्य ढिलो हुँदा हुम्लावासीले सहज रुपमा सडक सञ्चालन भएको देख्ने सपनामा पुरा हुन अझै केही समय लाग्नेछ । यद्यपि यो कहिलेसम्म सम्पन्न हो भन्ने निकाय भने मौन रहेका छन् ।

हिल्सा सिमकोट सडक आयोजनाले तीन वर्ष अगाडी तीन वटा पुलको टेण्डर गरेर निर्माण कम्पनी छनौट गरि निर्माण कार्य सुरु गरेको भएपनि काम सन्तोसजनक रुपमा अगाडी नबढेको पाइृएको छ । निर्माण कम्पनीले बर्खामा वर्षा र हिउदमा हिमपातले काम गर्न कठिन भएको बताउने गर्दै आएका छन् ।

त्यो संगै सडक सञ्जाल नजोडिएकोले निर्माण सामाग्री ढुवानी गर्न पनि समस्या भएको उनीहरुको गुनासो छ । यो वर्ष त झन कोरोनालाई पनि निर्माण कम्पनी पक्षले दोष लगाउने गरेका छन्

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९