राज शाही आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

हुम्ला

९ दिने महिला स्वास्थ्य स्वयम सेवीका तालिम सम्पन्न भएको छ ।  पौष २३ गतेबाट सुरु भइ आज सम्पन्न भएको हो । खार्पुनाथ गाउँ पालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम संचालन भएको सोही गाउँ पालिका स्वास्थ्य संयोजक वलिराज शाहीले बताएका छन् ।

तालिममा खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडाका ३४ जना महिला स्वास्थ्य स्वयम सेविकाको उपस्थित रहेको थियो । साक्षर महिला स्वास्थ्य स्वयम सेविका छनौट गरे पश्चायत यो पहिलो तालिम भएको संयोजक शाहीले बताएका छन् ।

यो तालिमले समुदाय स्तरमा हुने विभिन्न स्वास्थ्यका लागी पोषण कार्यक्रम, खोप कार्यक्रम, संस्थागत सुत्केरी, परिवार नियोजन कार्यक्रम र राष्ट्रिय कार्यक्रममा भिटामिन, अलबेण्डा झोल लगायतका कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्नका लागी  महिला स्वास्थ्य स्वयम सेविकाको भुमिका महत्व पुर्ण हुने भएकाले सो तालिमको आयोजना गरिएको संयोजक शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९