राज शाही आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सडक यातायता नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै नीजि क्षेत्रका एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोना कहरपछि उक्त उडान बन्द भएकोमा हाल सहज रुपमा हवाई यातायात सुचारु हुदा उक्त उडान सुरु गरिएको हो ।

नेपालगंजबाट सिमकोटका लागि उडान भर्ने सवै एयरलाईन्सहरुले सहुलियत उडान पून सुरु गरेको काग्रो ब्यबसायी बिष्णु रावतले बताएका छन  । हुम्लाका न्यून आयश्रोत भएका स्थानीयलाई लक्ष गरि एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेको रावतले बताए ।

नेपालगंजबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही रुपमा राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादरमा सीताले छ हजार, ताराले छ हजार र  नेपाल एयरलाईन्सले पाँच हजार ९७५ रुपियाँ रहेको एयरलाईन्सहरुले जनाएका छन् ।

सबै एयर लाईन्सहरुले हप्तामा एक एक वटा उडान भर्न सुरुगरेका हुन । जब कि नेपालगंजबाट सिमकोटका लागि चार्टर उडानको भाडादर दश हजार ५५० रुपियाँ लाग्ने गर्छ । त्यसै गरि सामान ढुवानीको हवाई भाडादर पनि प्रतिकेजी १२० रुपियाँ लाग्ने गर्छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९