राज शाही आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

हुम्ला

सडक यातायता नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै नीजि क्षेत्रका एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेका छन् । कोरोना कहरपछि उक्त उडान बन्द भएकोमा हाल सहज रुपमा हवाई यातायात सुचारु हुदा उक्त उडान सुरु गरिएको हो ।

नेपालगंजबाट सिमकोटका लागि उडान भर्ने सवै एयरलाईन्सहरुले सहुलियत उडान पून सुरु गरेको काग्रो ब्यबसायी बिष्णु रावतले बताएका छन  । हुम्लाका न्यून आयश्रोत भएका स्थानीयलाई लक्ष गरि एयरलाईन्सहरुले सहुलियत उडान भर्न सुरु गरेको रावतले बताए ।

नेपालगंजबाट सिमकोट उडानका लागि चार्टर भाडादर चर्को भएका बेला यसले हुम्लावासीलाई केही रुपमा राहत पुगेको छ । नयाँ सहुलियत उडानको भाडादरमा सीताले छ हजार, ताराले छ हजार र  नेपाल एयरलाईन्सले पाँच हजार ९७५ रुपियाँ रहेको एयरलाईन्सहरुले जनाएका छन् ।

सबै एयर लाईन्सहरुले हप्तामा एक एक वटा उडान भर्न सुरुगरेका हुन । जब कि नेपालगंजबाट सिमकोटका लागि चार्टर उडानको भाडादर दश हजार ५५० रुपियाँ लाग्ने गर्छ । त्यसै गरि सामान ढुवानीको हवाई भाडादर पनि प्रतिकेजी १२० रुपियाँ लाग्ने गर्छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९