राज शाही सोमबार, पौष २७, २०७७ मा प्रकाशित

हुम्ला

माघि पर्व धुमधाम संग मनाउनका लागी खार्पुनाथ शिवमन्द्रिर दुलही झै सिगारिएको छ । वर्षको एक पटक खार्पुनाथ शिवमन्द्रिरमा मनाइने माघि पर्व पौष २९ गते वुधवार वेलुका मनाइने भएको छ ।

वुधवार वेलुका ५ वजेबाट सुरु हुने माघि मेलामा खार्पुनाथ शिवमन्द्रिरमा हजारौ भक्त जनको उपस्थित हुने गरेका छन् । मुख्य तया खार्पुनाथ गाउँ पालिका वडा नं ५का खर्पेलगाउँ र याँङचु गाउँका मानिसले भजन कृर्तन गर्ने उक्त मेलामा खार्पुनाथ शिवमन्द्रिरको पुजापाठका लागी हजारौ भक्तजनहरु जाने गरेका छन् ।

सो मेलामा कोही कसैले मधिरा सेवन गरि प्रवेश गर्न पाइने छैन, मेलामा खसि तथा कुनै पनि पशु पन्छिको मारकाट गर्न नपाइने खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भिमराज शाहीले बताएका छन् । कोही कसैले पनि सो मेलामा मधिरा जन्य पर्दाथ विक्रवितरण तथा सेवन गर्न नपाइने र गरेको पाइएमा कानूनि कार्वाहीका लागी सम्बन्धित निकायमा पहल गरिने खार्पुनाथ गाउँ पालिका वडा नं ५ का अध्यक्ष भिमराज शाहीले बताएका छन्  ।

मेलामा शिवको पुजापाठका लागी भक्तजनहरुलाई सहजता गरिने भएको छ । त्यसै गरि खार्पुनाथ शिवमन्दिर व्यवस्थापन समितिले मन्द्रिरको सिङगार पटार संगै चिसोमा आगो ताप्नका लागी दाउराको व्यवस्था र तातो पानीको पनि व्यवस्था गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९