राज शाही सोमबार, पौष २७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

माघि पर्व धुमधाम संग मनाउनका लागी खार्पुनाथ शिवमन्द्रिर दुलही झै सिगारिएको छ । वर्षको एक पटक खार्पुनाथ शिवमन्द्रिरमा मनाइने माघि पर्व पौष २९ गते वुधवार वेलुका मनाइने भएको छ ।

वुधवार वेलुका ५ वजेबाट सुरु हुने माघि मेलामा खार्पुनाथ शिवमन्द्रिरमा हजारौ भक्त जनको उपस्थित हुने गरेका छन् । मुख्य तया खार्पुनाथ गाउँ पालिका वडा नं ५का खर्पेलगाउँ र याँङचु गाउँका मानिसले भजन कृर्तन गर्ने उक्त मेलामा खार्पुनाथ शिवमन्द्रिरको पुजापाठका लागी हजारौ भक्तजनहरु जाने गरेका छन् ।

सो मेलामा कोही कसैले मधिरा सेवन गरि प्रवेश गर्न पाइने छैन, मेलामा खसि तथा कुनै पनि पशु पन्छिको मारकाट गर्न नपाइने खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भिमराज शाहीले बताएका छन् । कोही कसैले पनि सो मेलामा मधिरा जन्य पर्दाथ विक्रवितरण तथा सेवन गर्न नपाइने र गरेको पाइएमा कानूनि कार्वाहीका लागी सम्बन्धित निकायमा पहल गरिने खार्पुनाथ गाउँ पालिका वडा नं ५ का अध्यक्ष भिमराज शाहीले बताएका छन्  ।

मेलामा शिवको पुजापाठका लागी भक्तजनहरुलाई सहजता गरिने भएको छ । त्यसै गरि खार्पुनाथ शिवमन्दिर व्यवस्थापन समितिले मन्द्रिरको सिङगार पटार संगै चिसोमा आगो ताप्नका लागी दाउराको व्यवस्था र तातो पानीको पनि व्यवस्था गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९