राज शाही बुधबार, पौष २२, २०७७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहको हुम्लामा अगुवा कार्यकर्ता भेला संचालन गरेको छ ।आज उक्त भेला ताँजाकोट गाउँ पालिकाको छप्रेलामा गरेको हो ।

अगुवा कार्यकर्ता भेलालाई केन्द्रिय सदस्य एव पाटी प्रदेश कमीटी अध्यक्ष गोर्खबहादुर बोकटी, केन्द्रिय सदस्य दल फडेरा, केन्द्रिय सदस्य रुपा शाही, नेता गोविन्द शाही र नेकपाका हुम्ला जिल्ला कार्यालय सचिव कमल बोहोराले संवोधन गरेका छन् ।

आफ्नै पाटीको सरकार भएर पनि न सरकारलाई काम गर्न दिने न बाटो छोड्ने जस्ता पचन्ड नेपाल पक्षले गरेकाले पाटीको यो दुरदसा भएको उक्त भेलालाई सम्बोधन गर्ने क्रममा उपस्थित नेता सबैले पचण्ड नेपाल पक्षलाई आरोप लगाएका थिए ।

ताँजाकोट गाउँ पालिकाको छप्रेलामा आज दिनको २ वजे संचालन भएको आम सभामा करिव ५ सय जनाको उपस्थित रहेको बताइएको छ । त्यसै गरी ओली पक्षले हुम्ला जिल्लाका ७ वटै गाउँ पालिकामा भेला संचालन गर्ने र अदानचुली गाउँ पालिकामा पौष २२, सर्केगाड गाउँ पालिका २७ गते र चंखेली गाउँ पालिका २५ गते भेला संचालन हुने  ओली समुहले बताएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९