राज शाही आइतबार, पौष १९, २०७७ मा प्रकाशित

हुम्ला

आज जिल्लाका सरकारी कार्यालयमा सेवाग्राहीको पातलो उपस्थित देखिएको थियो । हिमपातले सेवाग्राही कार्यालय सम्म आउन सकेका थिएनन  । त्यसै गरि जिल्लामा अत्या चिसो भए पछि कर्मचारीहरुले आगो तापी सेवाग्राहीलाई सेवा प्रर्दान गरी रहेका देखिएका थिए ।

कार्यालयमा कर्मचारी हात मुख फुक्दै कार्यालयमा काम गर्न यो हिमपातको समयमा बाध्य भएका थिए । आज विहानै देखि जिल्लामा भारी हिमपात भए भए पछि कार्यालयमा काम गर्न समेत काम गर्न समेत समस्या देखिएको थियो । जिल्ला वासी बाक्लो बाक्लो बख्खु दोचा लगाएर बजारमा हिडडुल गरेको देखिन्थिए ।

जिल्लामा आज दिनको १ वजेबाट हिमपाता हुन सुरु भएको छ । हिमपातले जिल्लाको जनजिवन कष्टकर बनाएको छ । अहिल सम्म  जिल्लाको उच्च हिमाली भेगमा करिव १ इन्च जति हिउ जमेको छ । जसले गर्दा जिल्लाको जनजिवन कष्टकर वनको छ ।

अवको सुक्रबार सम्म हल्का देखि भारी सम्म हिमपात हुने देखिएको छ । हिमपातले स्थानियवासीलाई घरपालुवा पशु वस्तु घरबाहिर निकाल्न मेलपातो गर्न समेत  समस्या भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९