राज शाही शुक्रबार, पौष १७, २०७७ मा प्रकाशित

हुम्ला

निशुल्क रुपमा उपलब्ध हुनु पर्ने बैंक खाता सञ्चालनका लागि आबश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न चालीस रुपियाँ पर्ने गरेको छ । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंङ्गो मुल्य तिर्नु परेको गुनासो आएको हो ।

बैंकमा खाता सञ्चालनका लागि निशुल्क रुपमा उपलब्ध हुनु पर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउनका लागि बैंक नजिकको फोटोकपी सेन्टरमा एक प्रतिको चालीस तिर्नु परेको सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका धिरेन्द्र फडेराले बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्नुपर्ने ब्यबस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुईचो लाग्ने गरेको छ । उनले किन यति महंङ्गोमा दस्तखत कार्ड फोटोकपी गर्नु परेको भन्दै बैंकसंग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको जवाफ आउने बताएका छन् । यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको ब्यबस्था गर्नु पर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँकी अर्की स्थानीय छिरिङ्ग फडेराले बताएका छन् । उनले दस्तखत कार्ड मात्र नभए केवाईसी फर्मको पनि चालीस रुपियाँमा फोटोकपी गर्नु परि रहेको बताएका हुने ।

अन्य बैंक र फोटोकपी सेन्टर नभएको कारण कार्ड तथा केवाईसी फर्मको मुख्य आफुखुसी असुल्ने गरेको स्थानीयको गुनासो रहेको छ । यो कार्य गाउँपालिकाका १ देखि ८ वडाका सेवाग्राहीहरुले झेल्दै आउनु भएको छ । बैक खाता खोल्नै पर्ने भएपछि सेवाग्राहीहरु अन्य बिकल्प नहुदा चर्को मुल्य तिरेर खाता सञ्चालन गर्नु पर्ने बाध्याता रहेको छ ।

यस सम्वन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको तर बजारमा के भएको हो थाहा नभएको बताए । संभव भएसम्म बैंकले स्क्यान गरेर सुवाग्राहीहरुलाई उक्त कार्ड दिने गरेको उनको भनाई छ । सिधै काठमाडौंबाट झिकाउनु पर्ने भएको कारण कहिले कार्डको समस्या हुने बैंकले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९