राज शाही शुक्रबार, पौष १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

निशुल्क रुपमा उपलब्ध हुनु पर्ने बैंक खाता सञ्चालनका लागि आबश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न चालीस रुपियाँ पर्ने गरेको छ । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी गर्न महंङ्गो मुल्य तिर्नु परेको गुनासो आएको हो ।

बैंकमा खाता सञ्चालनका लागि निशुल्क रुपमा उपलब्ध हुनु पर्ने नमूना दस्तखत कार्डको फोटोकपीबाट काम चलाउनका लागि बैंक नजिकको फोटोकपी सेन्टरमा एक प्रतिको चालीस तिर्नु परेको सर्केगार्ड गाउँपालिका वडा नम्बर ३ उनापानी गाउँका धिरेन्द्र फडेराले बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानी गर्नुपर्ने ब्यबस्था गाउँपालिकाले लागू गरेपछि उक्त खाता खोल्ने सेवाग्राहीको बैंकमा घुईचो लाग्ने गरेको छ । उनले किन यति महंङ्गोमा दस्तखत कार्ड फोटोकपी गर्नु परेको भन्दै बैंकसंग सोधपुछ गर्दा उक्त कार्डको अभाव भएको जवाफ आउने बताएका छन् । यदि कार्ड सकिएकै भए बैंकले नै फोटोकपीको ब्यबस्था गर्नु पर्नेमा त्यो नभएर सेवाग्राहीलाई आर्थिक मर्कामा पारिएको सोही गाउँकी अर्की स्थानीय छिरिङ्ग फडेराले बताएका छन् । उनले दस्तखत कार्ड मात्र नभए केवाईसी फर्मको पनि चालीस रुपियाँमा फोटोकपी गर्नु परि रहेको बताएका हुने ।

अन्य बैंक र फोटोकपी सेन्टर नभएको कारण कार्ड तथा केवाईसी फर्मको मुख्य आफुखुसी असुल्ने गरेको स्थानीयको गुनासो रहेको छ । यो कार्य गाउँपालिकाका १ देखि ८ वडाका सेवाग्राहीहरुले झेल्दै आउनु भएको छ । बैक खाता खोल्नै पर्ने भएपछि सेवाग्राहीहरु अन्य बिकल्प नहुदा चर्को मुल्य तिरेर खाता सञ्चालन गर्नु पर्ने बाध्याता रहेको छ ।

यस सम्वन्धमा उक्त शाखाका प्रबन्धक अर्जुन रावलले बैंकले त्यस्तो नगरेको तर बजारमा के भएको हो थाहा नभएको बताए । संभव भएसम्म बैंकले स्क्यान गरेर सुवाग्राहीहरुलाई उक्त कार्ड दिने गरेको उनको भनाई छ । सिधै काठमाडौंबाट झिकाउनु पर्ने भएको कारण कहिले कार्डको समस्या हुने बैंकले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९