दलसरा परियार बिहिबार, पौष ०९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

स्कुल अफ डेमोक्रेसी कार्यलयको उत्घाटन गरिएको छ । उक्त कार्यालयको उत्घाटन पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता एव नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको बाहुलीबाट उत्घाटन गरिएको हो ।

उत्घाटन नेपाली काँग्रेसको पाटी कार्यालयमा गरिएको थियो । स्कुल अफ डेमोक्रासीका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा र नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको प्रमुख आतिथ्यमा संचालि एक कार्यक्रममा सो कार्यालयको उत्घाटन गरिएको हो ।

स्कुल अफ डेमोक्राइसी २१ सदसिय जिल्ला कार्य समिति रहेको छ । जसमा कालीबहादुर शाही  अध्यक्ष, धर्मराज रोकाया उपाध्यक्ष, सोभा वुढा रोकाया कोषाध्यक्ष, प्रेमबहादुर लामा सचिव, धनराज सिह सहसचिव र अकिल बहादुर कार्की, पदमबहादुर शाही, सुभास रावल लगाएतका सदस्य रहेका छन। उक्त कार्यालयको विहिबार दिनको १ वजे उत्घाटन गरिएको थियो ।

नेपाली काँग्रेसको पाटी कार्यालयमा उत्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीले यसको मुख्य उद्देश्य असमनातालाई  हटाई सामान अवसर दिने , अरुबाट सिक्ने सिकाउने ज्ञान बाँण्डने भएको  पुर्व मन्त्री शाहीले  बताएका थिए ।

विद्यालयमा मात्र सिकाइ नभई बाहय बातारणमा पनि सिक्न सिकाउन सकिन्छ र स्कुल अफ डेमोक्राइसीको उद्देश्य लक्ष्य लगाएतका बारेमा सोही कार्यक्रमका अध्यक्ष कालीबहादुर शाहीले  बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९