राज शाही बुधबार, पौष ०८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

रैथाने वाली बजारीकरण सम्बन्धीको समन्वयात्मक बैठक संचालन भएको छ । जिल्लामा रैथानेवालीलाई के कसरी जोगाउन सकीन्छ यसको बजारीकरणको अवस्था के छ जिल्लाबाहिरबाट आयतित खाध्यन्नको मागलाई नियुनिकरण गरी जिल्लाको रैथानेवालीलाई कसरी उपभोक्ताको घर घरमा पाराउने र जिल्ला बाहिरको मागलाई कसरी परिपुर्ती गर्ने भन्ने बारेमा जिल्ला कृषि विकास कार्यालयमा बुधबार विहान ८ बजे बैठक वेसेको थियो ।

 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले रैथाने वालीको संरक्षणका लागी लोप हुन लागेका स्थानिय उत्पादनलाई पहिलो प्राथामिकतामा दिने, बजारीकरणका लागी जिल्ला सदरमुकाम लगाएतका पाएक पर्ने स्थानमा कोशेली घरको स्थापना गर्ने र रैथानेवालीको विभिदिकरणका लागी जिल्लाका ७ वटै गाउँ पालिका,  सरोकारवाला निकायले समन्वयकारी भुमिका निर्वाह गर्ने लगाएतका निर्णय गरिएको छ ।

जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको प्रमुख आतिथ्यमा संचालन भएको बैठकमा खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल , सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा, पशु सेवा कार्यालय प्रमुख ज्ञानेन्द्र वुडथापा लगाएत सरोकारवाला निकायको उपस्थित रहेको बैठकमा उपस्थित सबैले रैथाने वालीको उत्पादन बजारीकरणलाई प्राथामिकता दिनुका साथै उत्पादनलाई बढवा दिनका लागी जोड गरेका थिए ।

जिल्लाका गाउँ गाउँमा अन्न खाडलमा हालेर राख्ने तर जिल्लाबाहिरको कुपोषित खानाको प्रयोग वढेकाले तिनलाइ न्युनिकरण गर्दै जिल्लामै उत्पादन भएको रैथाने वालीबाट बनेका पोषिलो खानालाई दिउसो नास्ता खाजाको रुपमा प्रयोग गर्नु पर्ने विद्यालयमा विद्यार्थीलाई दिवा खाजाको रुपमा पनि रैथानेवालीको प्रयोग गर्नु पर्ने खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावलले  बताएका थिए ।

हिमाली जिल्ला हुम्लामा विकृतीका रुपमा महमा चिनी मिसाउने दहीमा मही मिसाउने सुद्ध स्थानिय उत्पादनलाई विगारी मिसावट बस्तु विक्री गर्न लागेकाले यसो गर्नेलाई कार्वाही गरी जिल्लामै उत्पादन भएकव रैथानेवालीलाई संकलन केन्द्र स्थापना गरी सवै चिज बस्तु एकै ठाउँमै राखी विक्री गर्न सकेको खण्डमा जिल्लाको कृषि क्षेत्रमा रैथानेवाली उत्पादन फस्टाउने सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामाले  बताएका थिए ।

जिल्लामा उत्पादन हुने रैथानेवाली जिल्लाका ७ वटै गाउँ पालिकाले खरिद गरी भण्डार केन्द्र स्थापना गर्न सकेको खण्डमा ढुवानीका लागी जिल्ला कृषि विकास कार्यालयले पहल गर्ने सक्ने, जिल्लामा लोप हुन लागेको रैथाने वालीका लागी जिल्ला कृषि विकास कार्यालयले उत्पादनका लागी पहिलो प्राथामिकता दिने सोही कार्यालय प्रमुख बखतबहादुर खड्काले बताएका थिए ।

रैथाने वाली बजारीकरण समन्वयात्मक बैठक जिल्ला कृषि विकास कार्यालयको प्राङगणमा संचालन भएकव थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९