राज शाही बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
श्रीमती हत्याको अभियोगी श्रीमानलाई अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतले ५ दिन हिरासदमा राख्ने आदेश दिएको छ । ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता बैशाख ३० गते गरे पछि आज ३१ गते बुधबार जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ को उपदफा ३ बमोजिम अनुसन्धानका लागी हिरासदमा राख्न ५ दिनको अनुमती माग भएकोमा हुम्ला जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ५ दिन हिरासदमा राखि अनुसन्धान गर्ने आदेश दिएको छ ।

भियाल्नी भण्डारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जुन बहादुर थापा भएको ज्यान सम्बन्धी कसुर मुद्दा रहेको छ । अभियोगि जुन बहादुर थापा अनुसन्धानका लागी हिरासदमा रहेका छन् । निज अभियोगीलाई बैशाख ३० गतेका दिन सिमकोट गाउँ पालिका वडा नं ५ तल्लो बजारबाट अनुसन्धानका लागी नियन्त्रणमा लिएका थिए ।

मृतक शान्ति थापाको लाशलाई बैशाख ३० गते जिल्ला अस्पताल हुम्लाले पोष्टमाटम गरी पोइली पक्षको जिम्मा लगाएको थियो ।बुधबार नै मृतक शान्ति थापाको खार्पु दोभानमा अन्तिम दाह संस्कार गरिएको छ । मृतकका ७ महिनाको बालक सहित ३ वटा बालबालिका रहेका छन् । मृतक शान्ति थापाको बैशाख २५ गते आफ्नै घर सर्केगाड गाउँ पालिका वडा नं ४ दुल्ली गाउँमा मृत्यु भएको भनिय पनि वैशाख २६ गते विहान ११ वजे सार्वजनिक भएको थियो ।

सोही दिन प्रहरी सम्बन्धित स्थलमा पुगी घटना स्थल मुचुल्का गरि २७ गते वेलुका ३ बजे पोष्टमाटमका लागी जिल्ला सदरमुकाम सिमकोटका लागी हिडेका थिए ।टोली २८ गते सदरमुकाम सिमकोट आइ पुगेको थियो । किटानी जाहेरी दर्ता हुन नसके पछि मृत लाशलाई ३ दिन जिल्ला अस्पतालको लाश घरमा राखिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९